शेयर बजारः साताको पहिलो दिन नै परिसूचक घट्यो

आइतबार, ०५ साउन २०७६, १८ : ०८ नागरिक

काठमाडाैं– साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत खुम्चिएको छ।

कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर २९ करोड ८१ लाख ५७ हजार ११६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको् मात्रै शेयर वृद्धि भएको छ। त्यसमा वित्त ०.८४ र अन्य २.८३ बिन्दुले बढेको छ। यस्तै बैंकिङ २.९५, होटल १४.४८, विकास बैंक ९.२७, जलविद्युत् ९.६७, निर्जीवन बीमा १३.०५, उत्पादन ३०.६, लघुवित्त ०.१, जीवन बीमा ३७.३३, सामूहिक ०.०४ बिन्दुले घटेको छ।

स्टकका अनुसार कारोवारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको दुई करोड ६४ लाख ६१ हजार ५६९ रुपैयाँ बराबरको शेयर कारोवार भयो। यस्तै शिवम् सिमेन्ट एक करोड ५८ लाख ५६ हजार ६८५ रुपैयाँ, नबिल बैंक एक करोड ५३ लाख ७३ हजार ४५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड ४६ लाख ८५ हजार १४९ रुपैयाँ र प्रभु बैंकको एक करोड २० लाख २५ हजार ४२८ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.५० प्रतिशतले कमाउँदा मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच, माहुली सामुदायिक लघुवित्त ३.१० र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०६ प्रतिशतले कमाए। यस्तै, युनियन हाइड्रो पावरका लगानीकर्ताले ९.६४, दिव्यश्वरी हाइड्रोपावर ६.७५, नबिल इक्विटी फण्ड ४.०८ र नेशनल माइक्रोफाइनान्सका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad