८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

एक्युट भाइरल हेपाटाइटिसः भ्रम र यथार्थ (भिडियाे)

हामीले भोग्दै आएका वा भोग्न सक्ने समस्याबारे चर्चा गर्ने छु। चर्चा गरौं एक्युट भाइरल हेपाटाइटिसबारे। अहिले पानी परिरहेको मौसम छ, जताततै बाढी पहिरो गएको समाचार आइरहेको छ। यस्तो बेलामा हामीमा आउन सक्ने एउटा रोग छ, एक्युट भाइरल हेपाटाइटिस। खराब खाना, फोहोर पानीबाट सर्न सक्ने यो रोग हेपाटाइटिस ए र इ बाट हुन सक्छ। यी दुवै भाइरसहरु हाम्रो शरीरमा प्रवेश गरेमा यसले विभिन्न समस्याहरु गर्न सक्छ। जस्तै जण्डिस देखिने, खान मन नलाग्ने, वाकवाक हुने, पेट दुख्ने गर्दछ।

यो रोग सामान्यतः आफै निको हुने गर्दछ। तर यसले गर्भवती महिला सानो वच्चाहरु अथवा वृद्धवृद्धामा वा कलेजो रोग पुरानो भइसकेका विरामीहरुलाई यसले बढी समस्या गर्न सक्छ।

यदी गर्ववती महिलामा यो रोग लागेमा मृत्युको संम्भावना ४० भन्दामाथि पनि हुन सक्छ। यो रोगमा जण्डिस देखिने वित्तिकै हामी आत्तिने गर्छौ तर यसमा आत्तिन आवश्यक छैन। जण्डिस रोग भनेर उपचार गर्न जाँदाखेरी यो रोग झन विग्रने सम्भावना हुन्छ। त्यसैले कसैलाई यदी खान मन नलाग्ने, वाकवाक लाग्ने, पेट दुख्ने समस्या सँगसँगै हल्का ज्वरो आउने र जण्डिस देखियो भने यो रोग पनि हुन सक्छ भनेर सम्वन्धित डाक्टरकहाँ जान आवश्यक छ। यसमा जण्डिस भयो भनेर जडिवुटी खाँदा अझ समस्या बढ्न सक्छ।

त्यसैले यो रोग लागेमा नजिकको स्वास्थ्य चौकी या डाक्टरकोमा गइ सल्लाह लिन जरुरी छ। यो रोग साधारणतया १ देखि डेढ महिनाम आफैँ निको हुने गर्छ । याद गर्नुहोस यो रोग आँफै निको हुने गर्छ। हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता जति धेरै भयो त्यति नै चाँडो यो रोग निको हुन्छ। अतः यसले केही पनि समस्या गर्दैन। २ देखि ३ हप्तामा जण्डिस जान्छ। त्यसैले औषधि खाए पनि नखाए पनि यो निको हुने समय एकै हुन्छ। औषधि खाँदा खेरि आफूलाई शरीर अलि सजिलो हुने र यसको जुन लक्षणहरु छ, त्यो कम हुने भएकाले औषधि खाएर आफ्नो काममा जान सक्छौं।

यो रोग लागेमा सबैभन्दा ठूलो ध्यान दिनुपर्ने कुरा मदिराको सेवन पटक्कै गर्न हुँदैन। अप्रसोधित औषधि या जडीबुटी खान हुँदैन। राम्रो र स्वच्छ खान खान पर्छ। जण्डिस हुने वित्तिकै खाना बार्नपर्छ भन्ने हाम्रो जुन मान्यता छ, त्यसलाई हामीले छोडन सक्नु पर्छ। उखुको रस, मेवा, गाजर, मुला खाएर यो रोग निको कदापी हुँदैन। बरु सफा पानी एक लिटरमा एक पाउ चिनी घोल्ने विहान बनाउने बेलुका सम्म खाने, त्यसपछि जति सकिन्छ अलिअलि गरेर खानेकुरा खानुपर्छ। अब, खाने कुराको अरुची त यो रोगमा छँदै छ, त्यसकारण रुचीबर्धक औषधि भनेर खाने पनि चलन छ, तर यस्तो औषधि केही पनि हुँदैन। यसमा रोग निको हुँदै जाँदा खेरी खानामा रुची आँफै आउछ।

रोग निको हुँदाखेरी जण्डिस विस्तारै बढ्दै गएको हुन्छ, यसमा नआत्तिकन पर्खनु पर्छ। जण्डिस शुरु भएको दिनदेखि अर्को ७ देखि १० दिनसम्म जण्डिस बढ्ने गर्छ। त्यसैले यस समयमा नआत्तिकन पर्खन सक्नुपर्छ। र, डाक्टरकै सल्लाह अनुरुपकै औषधिमात्र खानु पर्छ, अप्रसोधित औषधि खानाले रोग अझ विग्रन सक्छ।

प्रकाशित: ५ श्रावण २०७६ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App