८ वैशाख २०८१ शनिबार
समाज

मलंगवामा व्यापारीको जुलुस

आइतबार सदरमुकाम मलंगवामा निस्किएको व्यापारीहरुको जुलुस। तस्बिरः टंक/नागरिक

सर्लाही– सरकारी कदम विरुद्ध सदरमुकाम मलंगवामा उद्योगी व्यापारीले विरोध जुलुस निकालेका छन्।

सरकारले मुलुकभर साउन १ गतेदेखि लागू गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस), कामदारले अनिवार्य प्यान नम्बर बनाउनु पर्ने, कामदारलाई बैंकमार्फत भुक्तानी गर्नुपर्नेलगायत व्यवस्था विरुद्ध उद्योग वाणिज्य संघ मलंगवाको आयोजनामा विरोध जुलुस प्रदर्शन भएको हो। मोहरसिंह धर्मशालाबाट निस्किएको व्यापारीहरुको जुलुसले विभिन्न नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो। नगर परिक्रमा पश्चात व्यापारीहरुको जुलुसले जिल्ला प्रशासन कार्यालय मलंगवा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ।

नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योगी व्यापारीलाई समेत अनूकुल हुने गरी ऐन परिमार्जन गर्नुपर्ने माग सहित विरोध जुलुस आयोजना गरिएको उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष हरिशंकर साह (ईश्वर) ले जानकारी दिए। सरकारले लागू गरेको प्रणाली अव्यावहारिक भएको भन्दै व्यापारी आन्दोलित भएका हुन्। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने सम्वन्धमा सरकारको पनि सहभागिता हुनुपर्ने लगायतको माग व्यापारीले राखेका छन्।


 

प्रकाशित: ५ श्रावण २०७६ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App