महिनामा एकपटक कलेजाे प्रत्याराेपण गरिने

आइतबार, ०५ साउन २०७६, १६ : २० नागरिक

काठमाडाैं– त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महिनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ। अस्पतालका प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो।

'कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ,' अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले भने। अस्पतालको ३७औं तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मिर्गाैला प्रत्यारोपण कार्य सफलतापूर्वक अगाडि बढिरहेको जानकारी दिए।

वि.सं २०४० मा आजकै दिनदेखि ३०१ शैय्याबाट सेवा सुरु गरेको अस्पताल हाल सात सयमा विस्तार भएको छ। गत वर्ष अस्पतालको बहिरङ्ग सेवातर्फ पाँच लाख २५ हजार पाँच सय ११ र आकस्मिकतर्फ ५० हजार तीन सय ६९ ले सेवा लिएका थिए। अस्पतालले अनिवार्य आफ्नै ‘फार्मेसी’ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि गत वर्ष १९ करोड ७६ लाख रूपैयाँ बराबरको औषधि बिक्री वितरण भएको थियो। कार्यकारी निर्देशक प्रा. डा. खड्काले चालू आर्थिक वर्षमा अस्पताललाई ६८ लाख ८९ हजार तीन सय ५५ घाटा हुने जानकारी दिए।

पछिल्लो समय अस्पताल एमआरआई, एनेस्थेसिया, अर्थाेपेडिक वार्ड स्तरोन्नति, शल्यक्रिया कक्ष विस्तार, अक्सिजन आपूर्तिमा आत्मनिर्भर बनेको छ। कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. जगदीशप्रसाद अग्रवालले संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रममा एक सय ५०, स्नातकोत्तर तहमा एक सय तथा विद्यावारिधि तहमा २० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिए। संस्थानको सम्बन्धनमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन तथा अध्यापन हुने गर्दछ।

ती कलेजले शैक्षिक सत्र २०७४/७५ देखि क्लिनिकल, बेसिस साइन्स तथा नर्सिङ विषयमा स्नातकोत्तर तहका कार्यक्रम समेत सञ्चालनमा ल्याएका छन्। संस्थानले काठमाडाैंबाहिर वीरगञ्ज, नेपालगन्ज, पोखरा र विराटनगर नर्सिङ क्याम्पसमा एकसय शैय्याको अस्पताल निर्माण गर्न लागेको जनाएको छ। कार्यक्रममा त्रिविविका उपकुलपति प्रा. डा. तीर्थ खनियाले आफू पदबाट सुरक्षित बहिर्गमनका खोजीमा रहेको बताए।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा चिकित्सा अध्ययन संस्थान दक्षिण एसियामा उत्कृष्ट रहेको चर्चा गर्दै उपकुलपति प्रा. डा. खनियाले आगामी दिनमा यो साखमा थप गुणस्तर कायम गर्न आग्रह गरे। रजिष्ट्रार डिल्लीराम उप्रेतीले संस्थानको क्षमता विस्तार गर्न आवश्यक नीतिगत तथा आर्थिक सहयोग गर्ने जानकारी दिए। रासस






यसमा तपाईको मत

अन्य समाचार

एप्पलको नयाँ म्याकबुक

एप्पलको नयाँ म्याकबुक

एप्पलले हिजो कुनै हो-हल्ला बिना नै आफ्नो नयाँ म्याकबुकलाई सार्वजनिक गरेको छ ...

विन्डोज १० को नयाँ अपडेट  - सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

विन्डोज १० को नयाँ अपडेट - सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

विन्डोज १० नोभेम्बर अपडेट आजको मितिबाट सबै विन्डोज १० प्रयोगकर्तालाई डाउनलोडका लागि उपलब्ध हुनेछ ...

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

Ncell Footer Ad