७ वैशाख २०८१ शुक्रबार
समाज

दुई हप्ताको अन्तरालमा दोब्बरले बढयो तरकारीको मूल्य

कलैयाको तरकारी बजारमा व्यारीबाट हरियो तरकारी किने पछि व्यपारीलाई तरकारीको रकम दिदै ग्रहक।

बारा–विगत दुई हप्ताको अन्तरालमा बजारमा पाइने हरियो तरकारीको मूल्य दोब्बरले बढेको छ। असार अन्तिम हप्ता देखि शुरु भएको बर्षा र व्यापारीहरुको मनोमानीले गर्दा हरियो तरकारीको मूल्य दोब्बरले बढेको हो।

असार २२ गते अघि वर्षा र बाढी आउनु भन्दा पहिला कलैया बजारमा प्रति किलो ७० रुपैयाँसम्ममा पाइने गोलभेडा अहिले एक सय २० रुपैयाँमा खरिद गर्नु परेको कलैया बजारमा तरकारी किन्न पुगेका मोहन रामले बताए।

प्रतिकिलो  ५० रुपैयामा बिक्री हुदै आएको परबल सय रुपैयाँमा किन्नु परेको उनले सुनाए। ४० रुपैयाँ प्रतिकिलोमा पाउने भण्टा अहिले  ८० रुपैयाँसम्म बिक्री भइरहेकाे छ।  प्रतिकेजी ४० रुपैयाको करेला  ८० रुपैयाँ, ६० रुपैया किलो पाइने हरियो खुर्सानी अहिले एक सय ६० रुपैयाँ पुगेको छ।  ४० रुपैयाँको झिगुनीको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ। यसैगरि प्रति किलो ३० रुपैयाँमा पाइने भिन्डी अहिले एक सय रुपैयाँ पुगेको छ।  बाढी आउनु भन्दा अघिसम्म  ३० मा प्रतिकिलो घिरौला बिक्री हुदै आएकोमा अहिले ६० रुपैयाँ पुगेको छ।

किसानले लगाएको तरकारी खेतमै कुहिएको र बाहिरबाट आयात गर्दा महँगो पर्ने गरेको कारण  हरियो तरकारीको मूल्य दोब्बर हुन पुगेका कलैया बजारका तरकारी व्यपारी संतोष जैसवालले बताए। जैसवारले अहिले बजारमा पाइने अधिकांश हरियो तरकारीहरु वेमौसमी रहेको र बेमौसमी तरकारी यस क्षेत्रमा कम उत्पादन हुने गरेको कारण बाहिरबाट आयात गर्दा उपभोक्ताहरुलाई मँहगो पर्ने गरेको बताए।

कलैया बजारमा आउने परवल, भण्टा भारतबाट आयात हुने गरेको र गोल्भेडा, खिरा, भिण्डी,खिरौला लगायतका अन्य हरियो तरकारीहरु नेपालकै विभिन्न जिल्लाहरुबाट खरिद गरि उपभोक्ताहरुलाई बिक्री गर्ने गरिएको उनले बताए।

कलैया, वीरगन्ज, जितपुर, निजगढ लगायतका शहरहरुको बजारमा दुई हप्ताको अन्तरालमा तरकारीको मूल्य दोब्बरले बढेको छ।

हरियो तरकारीहरुको मूल्य बढेपछि न्यून आर्थिक अवस्था भएकाहरुले परिवारलाई आवश्यक अनुसार बजारबाट हरियो तरकारी खरिद गरि खान नसकिने अवस्थामा पुगेको कलैया बजारमा तरकारी खरिद गरि रहेका उपभोक्ता बिरजु पास्वानले बताए।

वर्षा शुरु हुनु भन्दा पहिला कलैया बजारमा प्रति किलो ३० रुपैयामा पाउने घिरौला अहिले प्रतिकिलो ६० रुपैयामा ब्रिकी गरिदा एक किलो किन्ने रकमबाट आधा किलो मात्रै किन्नु परेको पासवानले बताए।

अनुगमन गर्ने निकायले बजारको अनुगमन समेत नगर्दा व्यापारीहरुले किसानबाट खरिद गरेका मूल्यमा दोब्बर नाफा हुने गरि तरकारीको मूल्य राखेर समेत बिक्री बितरण गर्ने गरेका आरोप पासवाले लगाए।

प्रकाशित: ५ श्रावण २०७६ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App