८ वैशाख २०८१ शनिबार
समाज

कम्मरमा बाँधेर सुन तस्करी, नागढुंगाबाट एक पक्राउ

बरामद भएकाे सुन।

काठमाडौं– लुकाइछिपाइ ल्याएको दुई किलो सुनसहित एक व्यक्ति नागढुंगाबाट पक्राउ परेका छन्।

रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५ का १७ वर्षीय भीमबहादुर तामाङलाई अवैधरूपमा ल्याएको सुनसहित शनिबार राति साढे ९ बजे पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोट प्रमुख कुमारविक्रम थापाले जानकारी दिए।

तामाङ सुन बोकेर भैरहवाबाट काठमाडौं आउने यात्रुवाहक बसमा आइरहेको थिए। गोप्य सूचनाका आधारमा उनलाई चेकजाँच गर्दा सुन फेला परेको थापाकोे भनाइ छ।

‘मादल आकारको सुन कम्मरमा बाँधेर ल्याएको पाइयो,’ उनले भने, ‘परीक्षण गराउँदा सुन भएको पत्ता लाग्यो।’ तामाङ रसुवाबाट गल्छीसम्म आएका थिए। गल्छीबाट उनी गाडी चढेका हुन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ श्रावण २०७६ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App