७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रयाक्टर दुर्घटनामा दुई बालकको मृत्यु

सर्लाही– सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको ट्रयाक्टर दुर्घटनामा परेर दुई बालकको मृत्यु भएको छ।

कौडेना गाउँपालिका–२, इनर्वा टोलमा शनिबार राती ट्रयाक्टरले किचेर १३ वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय बिजय रायको लु. १ त ८३७० नम्वरको ट्रयाक्टरले थिचेर उनकै १३ वर्षीय छोरा नितेशको घटनास्थलमै मृत्यु भएको हो। घर नजिक रहेको गोठमा पार्किङ गरेको ट्रयाक्टर नितेशले राती ११ बजे एक्कासी चलाएर खेतमा लगेको र अनियन्त्रित भई पल्टिएको ट्रयाक्टरले उनलाई थिचेको प्रहरीले जनाएको छ।

यस्तै सदरमुकाम मलङ्गवामा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ। मलंगवा नगरपालिका–४, स्थित गणेशीया नहरको पुलमा ज. २ त ८५२ नम्वरको ट्रयाक्टरबाट खसेर मलंगवा नगरपालिका–३, बस्ने सिकिन्द्र रायका ८ वर्षीय छोरा मनिसकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टरबाट खसेर गम्भीर घाइते उनलाई उपचारका लागि सदरमुकाम मलंगवा लैजाँदै गर्दा शनिबार साँझ बाटैमा मृत्यु भएको प्रहरीकाे भनाइ छ।
 

प्रकाशित: ५ श्रावण २०७६ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App