coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मकवानपुरमा गोली चलाएर गाँजा तस्कर पक्राउ

मकवानपुर - मकवानपुरको मनहरी क्षेत्रमा गएराति गोली चलेको छ। गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। प्रहरीले गोली चलाएर ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेकाे हाे।

गएराति १२ बजे प्रहरीले स्याङतानलाई पक्राउ गर्नुकाे साथै ३५ किलाे ग्राम गाँजासमेत बरामद गरेकाे हाे।

५ जनाको समूहले गाँजा तस्करी गरिरहेको गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गर्ने क्रममा गाेली चलाइएकाे  प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले बताए।

प्रकाशित: ५ श्रावण २०७६ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App