coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शेर्पाले जिते गोकर्ण मन्थ्ली मेडल

नेट, ग्रस र जुनियर गरी तीन विधाका विजेताहरू उपाधिका साथ

काठमाडौं – आङडेन्डी शेर्पाले शनिबार चौथो संस्करणको सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडलको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा भएको खेलमा १० ह्यान्डिक्यापका साथ खेलेका शेर्पाले सात अन्डर ६५ नेट स्कोरसहित उपाधि आफ्नो बनाए ।

कोरियन गल्फर यु जाइ ली कुल ६ अन्डर ६६ नेट स्कोर गर्दा दोस्रो स्थानमा खुम्चिए । कर्नेल अभानिस छम्बियाल तेस्रो भए । उनले चार अन्डर ६८ को कार्ड बनाएका थिए । वाङचेन धोन्डुपले बेस्ट ग्रसको ट्रफी आफ्नो बनाउन एक अन्डर ७१ को ग्रस स्कोर बनाएका थिए । यता, जुनियरतर्पm सद्भाव आचार्य पहिलो भए ।
उनले तीन ओभर ७५ को नेट स्कोर बनाएका थिए । प्रतियोगितामा कुल ४२ गल्फरको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेतालाई गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेलगायतले पुरस्कृत गरेका थिए । सूर्य नेपाल प्रालिको प्रायोजनमा भएको प्रतियोगिता स्ट्रोक प्ले फरम्याटमा सञ्चालन भएको थियो । क्लब च्याम्पियनसिपका लागि यो प्रतियोगिता आगामी डिसेम्बरसम्म  १० चरणमा हुनेछ ।

प्रत्येक चरणका नेटतर्पm १०, ग्रसमा ५ र जुनियरमा ५ गल्फरलाई अंक प्रदान गरिनेछ । एक चरणमा नेटतर्पm पहिलो हुनेले १०० अंक, दोस्रोले ६० अंक, तेस्रोले ४० अंक र चौथोले ३५ अंक, पाँचौंले ३० अंक र छैटौंदेखि दशौं हुनेले क्रमशः २५, २०, १५, १० र ५ अंक प्राप्त गर्नेछन् । एक चरणको ग्रस र जुनियरका शीर्ष पाँचले भने क्रमशः १०० अंक, ६०, ४०, ३५ र ३० अंक प्राप्त गर्नेछन् ।

१० चरणको खेल समाप्तिपछि  नेटतर्पm शीर्ष ४०, ग्रसका शीर्ष १० र जुनियरका शीर्ष पाँच स्थान रहेर छनोट टुंग्याउने गल्फरले क्लब च्याम्पियनसिपमा खेल्न पाउनेछन् । फाइनल चरणको क्लब च्याम्पियनसिप भने सन् २०२० को जनवरी र फेब्रुअरीमा गरी दुई चरणमा हुनेछ । चौथो चरणको समाप्तिसम्म अभानिस छाम्बियालले शीर्षमा अग्रता बनाउँदा नेटतर्पm १२० अंक बनाएका छन् ।

दोस्रोका जोसेफ नाथनले ११५ अंक र तेस्रोका बाबु शेर्पाले १०५ अंक बनाउँदा आङडेन्डी शेर्पा, रवीन्द्रराज पाण्डे र विजयी इनहास श्रेष्ठले समान १०० अंक बनाउँदा चौथो स्थानका लागि अग्रता बनाएका छन् । वाङचेन धोन्डुपले सातौं स्थानका लागि ७५ अंक, प्रद्युम्न सिंखडाले आठौंका लागि ७० अंक तथा दावासोनम शेर्पा र यु जाइ लीले नवौं स्थानको अग्रता लिँदा ६० अंक बटुलेका छन् ।

ग्रसतर्पm वाङचेनले २९५ अंकका साथ अग्रता बनाउँदा उनका दाजु टासी छिरिङले २४० अंकका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका विजयी इनहास श्रेष्ठले १६० अंक र चौथो स्थानका बाबु शेर्पाले ६० अंक बटुलेका छन् । जुनियरतर्फ अग्रता बनाएका सद्भाव आचार्यले ३०० अंक बनाउँदा दोस्रो स्थानका मायांक दाहाललाई १६० अंकले पछाडि छोडे । शाश्वत प्रधानले १२० अंक र श्रयोग बस्न्यातले ४० अंकका साथ क्रमशः चौथो र पाँचौं स्थानका लागि अग्रता बनाएका छन् ।

प्रकाशित: ५ श्रावण २०७६ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App