८ वैशाख २०८१ शनिबार
खेल

बेल्माडीको नियुक्ति सही प्रमाणित

अफ्रिकन कप अफ नेसन्सकाे उपाधिका साथ अल्जेरिया टाेली। तस्बिरः नागरिक

कायरो (एएफपी) – २ वर्षको अवधि अनि लगातारको खराब नतिजा भन्दै ५ प्रशिक्षक बर्खास्त भएपछि अल्जेरियाको राष्ट्रिय फुटबल टोली संकटमा प-यो। संकटमा परेको अल्जेरियाको संकट मोचन गर्ने भन्दैे जामेल बेल्माडीलाई राष्ट्रिय टोलीको जिम्मेवारी दिइयो। उनको नियुक्तिको चौतर्फी आलोचना भएको थियो। अन्ततः बेल्माडीलाई राष्ट्रिय टोलीको प्रशिक्षणको जिम्मेवारी दिने अल्जेरियाली फुटबल संघको निर्णय सही भएको प्रमाणित भयो।

बेल्माडीका लागि यो आफूलाई प्रमाणित गर्ने सुनौलो अवसरका साथै चुनौती पनि थियो। बेल्माडीको टोलीले शुक्रबार २९ वर्षे अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्न क्रममा साडियो मानेको कप्तानीमा रहेको बलियो प्रतिद्वन्द्वी सेनेगललाई १–० ले निराश  पार्दै अफ्रिकन कप अफ नेसन्सको उपाधि जित्यो। अल्जेरियाको टोलीले विदेशी भूमिमा जितेको यो नै पहिलो उपाधि हो।

‘हामी कप अफ नेसन्सको उपाधि जित्न इजिप्ट आएका थियौं । म खेलाडी तथा समर्थकलाई आफ्नो क्षमता प्रमाणित गर्न चाहन्थें। म सधैं उपाधि जित्न लालायित हुन्छु,’बेल्माडीले भने, ‘मलाई प्रतियोगिताअघि अल्जेरिया टोलीमा देखिएको समस्याका कारण प्रतियोगिता अनुभव बटुल्ने राम्रो अवसर हो भनेर सोध्ने धेरै थिए। मेरो जबाफ सधैं हामी च्याम्पियन बनेर मात्र फर्किन्छाैं भन्ने थियो र आज हामी च्याम्पियन बनेका छाैं।

‘राष्ट्रिय टोलीमा भएको समस्या बेल्माडीको आगमनपछि समाधान भएको छ। उनले यसअघि ५ वा ६ प्रशिक्षकले गर्न नसकेको काम गरे।’

आक्रामक फुटबलका लागि चर्चित अल्जेरिया पछिल्लो समय खेलाडीमा देखिएको अनुशासन कमीका कारण स्वाभाविक लयबाट चुक्दै आएको थियो। यसअघि अल्जेरियाले २०१४ को ब्राजिल विश्वकपको अन्तिम १६ मा जर्मनीविरुद्धको खेल अतिरिक्त समयसम्म डो-याएको थियो।

‘राष्ट्रिय टोलीमा भएको समस्या बेल्माडीको आगमनपछि समाधान भएको छ। उनले यसअघि ५ वा ६ प्रशिक्षकले गर्न नसकेको काम गरे,’ अल्जेरियाका सर्वकालीन खेलाडी लाक्दार बेलौमीले भने, ‘बेल्माडीलाई टोलीको समस्या थाहा थियो। उनले खेलाडीको क्षमताअनुसारको जिम्मेवारी दिए। खेलाडीले त्यसलाई न्याय दिए।’

२०१५को संस्करणको क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको अल्जेरिया २०१७ मा भने समूहचरणमै निराश हुँदै घर फर्किएको थियो। त्यस्तै टोलीले २०१८ को रूस विश्वकपमा समेत टिकट काट्न सकेको थिएन।

बेल्माडीले आफ्नो आगमनसँगै टोलीमा डिफेन्सिभ मिडफिल्डर एड्लिने गुइडियोरालाई टोलीमा फिर्ता बोलाउनुका साथै प्रशिक्षणमा अनुशासन तोडेको भन्दै ह्यारिस बेल्कबालाई टोलीमा समावेश नगर्नु जस्ता निर्णय अन्ततः सही साबित भयो।
‘उनले प्रत्येक खेलाडी र उनीहरूको क्षमता राम्रोसँग चिनेका छन्,’ मिडफिल्डर गुइडियोराले भने, ‘हामीले खाना जस्तो पकायो स्वाद पनि त्यस्तै आउने हो। उनले मिहिनेत गरे र सुखद परिणाम आयो।’

खेलको दोस्रो मिनेटमा बग्दाद बौनेडजाहले गरेको गोल अल्जेरियाको उपाधि यात्रा पूरा गर्न पर्याप्त बन्यो।

प्रकाशित: ५ श्रावण २०७६ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App