coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पेट्रोलियम पाइप सफल

पाइपलाइन निर्माणमा खटिएका नेपाल र भारतका पदाधिकारीलाई पाइपबाट आएको डिजेल देखाउँदै। तस्बिर : नागरिक

बारा – भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइप लाइनको परीक्षण सफल भएको छ। औपचारिक उद्घाटनपछि पाइपबाट इन्धन आपूर्ति सुरु हुने बताइएको छ।

भारतको बरौनीबाट पठाइएको डिजेल पटना–मोतिहारी हुँदै अमलेखगन्ज आएको हो। पाइप लाइनको परीक्षण सफल भएपछि अमलेखगन्ज डिपोमा पुगेका भारतीय आयल निगमका सहायक प्रबन्धक तथा पटना पाइप लाइन प्रमुख एसके नन्दीले नेपाल र भारतबीचमा धेरै महत्वको काम भएको बताए।

परीक्षण सफल भएको बेहोरा दुवै देशका सरकार प्रमुखलाई जानकारी गराउने र औपचारिक उद्घाटनपछि पहिलो चरणमा डिजेल आपूर्ति गर्ने नेपाल आयल निगमका अमलेखगन्ज डिपो प्रमुख तथा पाइपलाइन आयोजना प्रबन्धक प्रदीप यादवले बताए।

पाइप लाइन परीक्षण गर्न बिहीबार रातभरि भारत र नेपालका पदाधिकारी काममा खटिएको र शुक्रबार बिहान पाइपबाट डिजेल आएपछि दुवैतिरका प्रतिनिधि खुसी भएको यादवले बताए। पाइपबाट प्रतिघन्टा तीन सयदेखि तीन सय ५० सय किलोलिटरसम्म पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिने बताइएको छ।

पाइपलाइन निर्माणमा कार्यमा खटिएका नेपाल र भारतका पदाधिकारीलाई पाइपबाट आएको डिजेल देखाउँदै अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादव र पटना पाइपलाइन प्रमुख एसके नन्दी।

प्रकाशित: ५ श्रावण २०७६ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App