coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय नागरिक रिहा गर्न इरानलाई आग्रह

नयाँदिल्ली – बेलायती ट्यांकरसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजावाहक ट्यांकरलाई हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा इन्धन बोक्ने उक्त जहाजमा कार्यरत १८ भारतीयसहित अन्य कर्मचारीलाई पनि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय अधिकारीले दाबी गरेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार शुक्रबार बन्दार अब्वास बन्दरगाहबाट कब्जामा लिइएको ट्यांकरमा १८ जना भारतीय नागरिकले काम गर्थे। टंयाकरसहित उनीहरु पनि नियन्त्रणमा परेको भन्दै भारतले रिहाइका लागि तेहरानसँग आग्रह गरेको हो।
इरानी अधिकारीका अनुसार बेलायती ध्वजावाहक ट्यांकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुंगालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ को उल्लङ्घन गरेको आरोपमा कब्जामा लिएको हो।

इरानी सुरक्षा गार्डले नियन्त्रणमा लिएका आफ्ना नागरिकको सुरक्षा र शीघ्र रिहाइसँगै भारतलाई हस्तान्तरण गराउनका लागि तेहरानसँग कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच देखिएको तनाव बढिरहेका समय पछिल्ला केही साता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र भए पार हुने जहाजमाथिको निगरानीलाई कडा बनाएको छ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको पहलमा विश्व शक्ति राष्ट्रहरूले गरेको सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षदेखि यसबाट फर्केको साथै इरानमाथि सम्झौता पहिले गरिएका आर्थिक नाकाबन्दी कायम रहने घोषणा गरेका थिए। ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा गरेको छ।

पछिल्लो समय अमेरिका–इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको छ। इरानले नियन्त्रणमा लिएको सो ट्यांकरमा एक फिलीपिनी, तीन रूसी र एक लाटभियाली पनि चालक दल सदस्यका रूपमा रहेका थिए। इरानी अधिकारीले ट्यांकर र चालक दलका २३ सदस्यलाई बन्दर अब्वासस्थित बन्दरगाहमा नियन्त्रणमा राखिएको जनाएका छन्।

यसैबीच बेलायतले उसको अर्को जहाजलाई पनि कब्जामा लिइ केही समयपछि छोडिदिएको जनाएको छ। इरानले जहाजहरुलाई एक पछि अर्को गदै कब्जामा लिएपछि बेलायत, फ्रान्स, जर्मनीलगायतका मुलुकले इरानको उक्त निर्णयले समस्यालाई थप बढाएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्। उनीहरुले नियन्त्रणमा लिइएका जहाज र चालक दलका सबै सदस्यलाई विना सर्त रिहा गर्न सुझाव दिएका छन्।

 

प्रकाशित: ५ श्रावण २०७६ ०३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App