७ वैशाख २०८१ शुक्रबार
समाज

मेची राजमार्गमा अवरोध कायम, पूर्वी पहाडी जिल्ला सम्पर्कविहीन

मेची राजमार्गअन्र्तगत पाँचथरको पाङ्ग्रे भीरमा खसेको पहिरो।पहिरोका कारण हिँडेर यात्रा गरिरहेका यात्रु। तस्बिर ःगिरिराज÷नागरिक

पाँचथर - मेची राजमार्गअन्तर्गत पाँचथरको पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सडक खुल्न नसक्दा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा ठूलो सास्ती खेप्न बाध्य छन्। फाल्गुनन्द गाउँपालिका–३ स्थित सो स्थानमा पहिरो खस्ने क्रम नरोकिँदा गाडी सञ्चालन हुन सकिरहेको छैन।

पहिरो खस्ने क्रम रोकिए केही दिनमै बाटो खुलाउन सकिने पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। दुईवटा एक्साभेटरले पहिरो हटाउन प्रयास गरे पनि सम्भव नभएको उनले बताए। ‘पहाडै खसेको छ। बाटो बनाउन खोज्दा माथिबाट पहिरो झरिहाल्छ। मेसिनचालक डरले भाग्छन्,’ प्रजिअ वस्तीले भने, ‘अवरोध हटाउने प्रयासमा छौं। अझै केही दिन लाग्न सक्छ।’

ठूला सहरसँग पूर्वी पहाडलाई जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुले सास्ती भोग्नु परेको छ भने सामान ओसारपसार ठप्प भएको छ। पहिले पनि वर्षाको सिजनमा पटकपटक पहिरोले सडक अवरुद्ध हुने गरेको थियो। तर यो पल्ट भने ठूलो पहिरो गएकाले समस्या जटिल बनेको हो। खाद्यान्न, तरकारीलगायत दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या भइरहेको छ। सो सडकको विकल्पमा राँके बजारदेखि निवुखोलाबाट पौवा हँुदै गुम्बाडाँडा जोड्ने कच्ची सडक बनाउन सुरु भएको छ। तर पहाडको कच्ची सडक बर्खाले बिग्रिएकाले यो पनि सडक सञ्चालनमा आउन समय लाग्ने देखिएको स्थानीय बताउँछन्।

सो सडक सात किलोमिटर लामो छ। सानो कच्ची बाटो भएकाले जिप, पिकअपलगायत सञ्चालन गर्ने गरी स्तरोन्नति गर्ने प्रयास प्रदेश सरकारले थालेको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोका अनुसार सानो गाडी पास गराउन प्रदेश सरकारले काम थालेको छ। चाँडै यो सडक सञ्चालन गरी अत्यावश्यक सेवा सुचारु गर्न खोजिएको आङबोले जानकारी दिए।

प्रकाशित: ५ श्रावण २०७६ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App