७ वैशाख २०८१ शुक्रबार
समाज

पानी संकलनबारे राष्ट्रिय सम्मेलन हुने

काठमाडौं – वर्षाको पानी संकलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ। वर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायलाई जागरुक बनाउने उद्देश्यले साउन ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागिएको हो।

खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्मार्ट बास सोलुसनको संयुक्त आयोजना, खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाको सहयोगमा सम्मेलन हुन लागेको हो।

सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरियाका खानेपानीमा विज्ञहरुको समभागीता हुने भएको छ। सम्मेलनमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि, वर्षात्को पानी संकलनबाट जलाधार तथा परिस्थितीय चक्र (इकोसिस्टम), आकाशे पानी संकलन प्रवद्र्धनमा स्थानीय निकायको भूमिका र वित्तीय सहयोग, पानीको अभाव, जलवायु परिवर्तन र अनुकूलनसहित २५ कार्यपत्र प्रस्तुत हुनेछन्।

प्रकाशित: ५ श्रावण २०७६ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App