coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिकर्मीसहित ६ जना पुरस्कृत

खोटाङ – खोटाङबाट प्रकाशित ‘तुवाचुङ साप्ताहिक पत्रिका’ले पहिलो वार्षिकोत्सवमा पत्रकारिता, समाजसेवा, खेलकुद र साहित्य पुरस्कार प्रदान गरेको छ ।  सो पत्रिकाले जनही १५ हजार राशिको तुवाचुङ पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार दमन राई, कान्तिपुर टिभीका पत्रकार उत्तम चौंलागाई र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई प्रदान गरेको छ ।

पत्रकार राई नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष, मगर महासंघको प्रदेश पार्षद तथा चौंलागाई शाखाका सचिवसमेत रहेका छन् । यस्तै, जनही १५ हजार राशिको तुवाचुङ साप्ताहिक पुरस्कार समाजसेवी जनकराज राईलाई, तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार सतोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राईलाई र तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्माका साहित्यकार विक्रम चेतनशील राईलाई प्रदान गरिएको छ । पुरस्कार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा शाखा अधिकृतबाट अवकाश लिएपछि गाउँ फर्किएर समाजसेवामा क्रियाशील भूपेन्द्रकुमार राई, समाजसेवी श्यामभन्द्र राई र नयनकुमार राईलाई पनि सम्मान गरिएको छ ।

प्रकाशित: ५ श्रावण २०७६ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App