६ वैशाख २०८१ बिहीबार
राजनीति

माछापुच्छ्रे देखेर लोभिए भारतीय राष्ट्रपति

मौसम खुल्दा शुक्रबार पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल तथा अन्नपूर्ण हिमश्रृङ्खला। तस्विरः वासुदेव पाैडेल/रासस

पोखरा— गत चैतमा पोखरामा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय ३७ औं बैठकमा सहभागि हुन आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज त्यो बेला पोखराको मौसम र खुलेको हिमाल देखेर निकै खुशी भएकी थिइन्। स्वराज सहितका पाहुना टोलीले त्यो बेला पोखराको सौन्दर्यको मन खोलेर प्रशंसा गरेका थिए।

रामबजारस्थित भारतीय पेन्सनक्याम्प पुगेर लिखित मन्तव्यको सुरुमै उनले भने, ‘सुन्दर नगरी पोखरामा तपाईहरुसँग कुरा गर्ने मौका मिलेकोमा म खुशी छु।’ उनले आफ्नो मन्तव्यका क्रममा समेत पोखराको सुन्दरताको प्रशंसा गर्न भ्याए।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा आगमनको तीन अगाडिसम्म पनि पोखराको मौसम राम्रो थिएन। हिमाल ढपक्कै ढाकिएका थिए। एउटा संयोग वर्षमा धेरै दिन बादलभित्र लुक्ने माछापुच्छ्रे शुक्रबार भारतीय विशिष्ट पाहुना पोखरा उत्रिँदा मुस्काइरह्यो। तीन अगाडिदेखि मौसमले राष्ट्रपतिलाई स्वागतको छनक दिइरहेको थियो।

राष्ट्रपति मुखर्जीले नजिकैबाट नांगा आँखाले माछापुच्छ्रे चुचुरो र अन्नपूर्ण हिमश्रृङ्खला देख्न पाए। खुलेको मौसममा हिमाल देखेका भारतीय राष्ट्रपतिले पोखराको खुलेरै प्रशंसा गरे।

बिहानैदेखि मुस्कुराइरहेको हिमालले पोखराको रौनक थपिँदिँदा भारतीय राष्ट्रपति मुखर्जी  मोहित भए। रामबजारस्थित भारतीय पेन्सनक्याम्प पुगेर लिखित मन्तव्यको सुरुमै उनले भने, ‘सुन्दर नगरी पोखरामा तपाईहरुसँग कुरा गर्ने मौका मिलेकोमा म खुशी छु।’ उनले आफ्नो मन्तव्यका क्रममा समेत पोखराको सुन्दरताको प्रशंसा गर्न भ्याए।

उनको भनाईलाई चरितार्थ पार्ने गरी पोखरा केही दिनयता साँच्चै खुलेको छ। बिहान सबेरैदेखि बेलुकी अबेरसम्म खुलेको हिमाल पोखराबाट टलक्क टल्किएको छ। त्यही हिमालको दृष्यले मुखर्जी मोहित भए।

सुन्दर नगरी पोखराले कुनैपनि मुलुकका राष्ट्रप्रमुखलाई पहिलो पटक पाएको हो। त्यसमा पनि खुलेको हिमालले जिस्क्याउँदा पोखराको सुन्दरताको बखान गर्न राष्ट्रपनि मुखर्जी पछि परेनन्।

मुखर्जीको यो बयानले नेपाल आउन चाहेका भारतीयलाई पनि पोखरामा आकर्षण गर्ने भन्दै पर्यटन व्यवसायी खुशी छन्। ‘भूकम्प र नाकाबन्दीका कारण भारतीय पर्यटक पोखरा आउन डराएका थिए। मुखर्जीको आगमन र उनको पोखरा बारेको बखानले पक्कै पनि पर्यटनमा सकारात्मक प्रभाव पर्नेछ,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष सोमबहादुर थापाले भने, ‘यतिको वरिष्ठ पाहुनाले पक्कै स्वदेश फर्केपछि पोखराबारे राम्रो कुरा गर्लान्। त्यसको फाइदा हामीलाई हुनेछ।’

पहिलोपटक विशिष्ट पाहुनालाई स्वागत गर्दा मौसमले साथ दिएको उनले बताए। ‘यति धेरैदिन हुस्सुले ढाकिएको हिमाल तीन दिनदेखि खुल्नुले मुखर्जीको आगमनले खुशी तुल्याए जस्तो लागिरहेको छ,’ उनले भने, ‘मुखर्जी सहितका पाहुनाले पोखरा कस्तो रहेछ भन्ने देख्न पाए। शुक्रबार बिहान जनकपुर जाने क्रममा गरेको पर्वतीय उडानले पनि उनको मन बहलिएको हुनुपर्छ ।’

व्यवसायीका अनुसार सन् २०१४ मा नेपालमा ८ लाख विदेशी पर्यटक आएका थिए । ती मध्ये ६ लाख ५४ हजार विदेशी र भारतीय १ लाख ३५ हजार भारतीय थिए । भारतीयको यो आगमनले नेपालको पर्यटन क्षेत्रको १७ प्रतिशत हिस्सा ओगट्छ। यो दर बढ्दै जाने क्रममा रहेको बेला भूकम्प र भारतीय नाकाबन्दीको मार खेप्नुपरेको थियो। नाकाबन्दीका कारण ओरालो लागेको भारतीय पर्यटकको आगमनलाई त्यहाँका राष्ट्रपतिको पोखराको सुन्दरताको बखानले बढाउने अपेक्षा रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीको छ।

‘जो कोहीले पोखराको सुन्दरता देख्न पाउँदैनन्। विदशेमन्त्री स्वराज र राष्ट्रपति मुखर्जी त्यो मामलामा भाग्यमानी रहेछन्। त्यस्तै भाग्यमानी हामी पोखरेली रहेछौं । किनकी पहिलो पटक राष्ट्राध्यक्ष जत्तिको विशिष्ट पाहुना पाएको पोखराले आफ्नो वास्तविक स्वरुप देखाइदियो,’ उनले भने, ‘यसको चर्चा पक्कै हुनेछ । राष्ट्रपतिका प्रशंसाका ब्द नै पोखराको पर्यटनका लागि काफि छन्।’

प्रकाशित: १९ कार्तिक २०७३ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App