८ वैशाख २०८१ शनिबार
समाज

खेल्ने क्रममा पासोमा परेर बालकको मृत्यु

तनहुँ– भानु नगरपालिका–१३ चनौटेमा खेल्ने क्रममा डोरीको पासोमा परेर बालकको मृत्यु भएको छ। शनिबार विहान ९० वर्षीय अशक्त हजुरआमाले खाटबाट उठ्न बस्नको लागि प्रयोग गर्ने रसिमा  खेल्ने क्रममा मुन्टो छिराउँदा ८ वर्षिय बालक सुवास अधिकारीको मृत्यु भएको हो। 

अशक्त हजुरआमाले खाटबाट उठ्नबस्न प्रयोग गर्ने रसिको हात राख्ने प्वालमा खेल्ने क्रममा मुन्टो छिराएर खाटबाट गोडा तल पर्न गएपछि रसी तन्किएर बालक गम्भीर घाइते भएका थिए। नाति पासोमा परेर छटपटाएको थाहा पाएपछि उनका हजुरबुवा रामबहादुर अधिकारीले डोरीबाट उनलाई छुटाएको थिए।

गम्भीर घाइते अधिकारीको उपचारको लागि दमौली अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए। व्यास नगरपालिका–१ भादगाउँ बसोबास गदैँ आएका अधिकारी बर्खे विदा मनाउन गाउँ गएको प्रहरीले जनाएको छ। अधिकारी दमौली पब्लीक बोडिङ्ग स्कुलमा कक्षा ४ अध्ययनरत थिए।

प्रकाशित: ४ श्रावण २०७६ १५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App