८ वैशाख २०८१ शनिबार
राजनीति

‘शक्ति केन्द्रीकरणमा लागिरहे ओलीतन्त्र छिट्टै समाप्त हुन्छ’

बुटवल–नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा अगाडी बढेको आरोप लगाएका छन्।

शक्ति केन्द्रीकरणकै दुष्प्रयासका कारण जनताले पुर्वराजा ज्ञानेन्द्रको सत्ता ढालिदिएको स्मरण गर्दै उनले शक्ति केन्द्रीकरणमा लागिरहे ओलीतन्त्र पनि समाप्त भएर जाने दाबी गरे। वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको अयोजनामा भएको वीपी कोइराला र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठिलाई  सम्बोधन गर्दै नेता खाँडले प्रम ओली शक्तिको अत्यन्तै भोको रहेको र त्यसले उनलाई पतनको बाटोमा डोहाेर्याएको उल्लेख गरे।

‘ओलीलाई प्रधानमन्त्री मात्रै भएर पुगेन। राज्यका महत्वपूर्ण विभाग,अर्थ, गृह र अन्य विकास मन्त्रालयका अधिकार पनिसबै चाहिएको छ’ नेता खाँणले भने ‘ओलीले यसैगरी शक्तिकेन्द्रिकृत गरीरहे र जनताका मौलिक हकहरु खोस्ने दुष्प्रयास जारी राखे ज्ञानेन्द्रकै नियती भोग्ने निश्चित छ।’

उनले लोकतान्त्रिक शासन पद्धतीमै विश्वास नगर्ने कम्युनिष्टहरु सरकारका रहेकाले नागरिकका हक अधिकारको रक्षाका लागि वीपीका सिद्धान्त र विचारलाइ आदर्श मान्नेहरु चनाखो हुनु पर्ने बेला आएको बताए।

इन्काउन्टरको नाममा सरकार व्यक्ति हत्याका घटनामा संलग्न भएको आरोप पनि खाँडले लगाए। कुमार पौडेल हत्याको प्रसंग उल्लेख गर्दै ‘गिरफ्तार भएका व्यक्तिलाई हातखुट्टा भाँचेर मार्न पाइन्छ?’ नेता खाँणले प्रश्न गरे।
विश्वका कुनैपनि कम्युनिष्टहरुले जनताको सर्वोच्चतालाई स्वीकार नगर्ने उल्लेख गर्दै उनले  ओली सरकारले पनि  नागरिकलाई मालिक नभइ सरकारको सेवकका रुपमा लिएको आरोप लगाए।

प्रकाशित: ४ श्रावण २०७६ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App