८ वैशाख २०८१ शनिबार
अर्थ

साताको शेयरः दुई अर्बको कारोबार

काठमाडाैं– धितोपत्र बजारमा यस साता कूल एक सय ७० कम्पनीको करिब दुई अर्ब बराबरको शेयर कारोबार भयो। आर्थिक वर्ष २०७५/७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोबार भए। नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष सुरु भएपछिको दुई दिन कारोबार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो।

अघिल्लो साता अर्थात् असार २६ गते बिहीबार एक हजार दुई सय ४८ दशमलव ५३ मा पुगेर बन्द भएको कारोबार यस साताको पहिलो दिन अर्थात् आइतबार झिनो अङ्कले सुधार भयो।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुग्यो।

सो दिन नेप्से सामान्य अङ्कले बढे पनि कारोबार रकम भने औशत मात्रै रह्यो। कूल एक सय ६१ कम्पनीको १० लाख ४२ हजार ६ सय ४६ कित्ता शेयर २८ करोड ५२ लाख १४ हजार पाँच सय ७२ मूल्यमा खरिद बिक्री भए।

सोमबार भने करिब ४३ करोडको कारोबार भयो। कूल २९ लाख ७३ हजार ८ सय ४३ कित्ता शेयर बिक्री हुँदा दोस्रो बजारमा त्यस दिन एक सय ७० कम्पनीको शेयर कारोबार भयो। मङ्गलबार पनि कूल ३४ करोडको कारोबार हुँदा एक सय ६१ कम्पनीको १९ लाख ५६ हजार ६ सय ३० कित्ता शेयर खरिद बिक्री भए।

यस्तै बुधबार कारोबार मापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भयो। सो दिन नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुग्यो। नेप्से परिसूचक दोहोरो अङ्कले बढे पनि कारोबार रकम भने औसतमै सीमित रह्यो। कूल एक सय ६७ कम्पनीका १३ लाख ७५ हजार एक सय ९० कित्ता शेयर ४२ करोड ६७ लाख ४३ हजार चार सय ५८ मूल्यमा कारोबार भए।

यस्तै बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा बिहीबार भने नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ बिन्दुमा पग्यो। नेप्से ओरालो लागे पनि कारोबार रकम भने औसतमा रह्यो। कूल एक सय ५८ कम्पनीको १२ लाख ५० हजार सात सय ८ कित्ता शेयर ४१ करोड १३ लाख ६९ हजार दुई सय ९९ मूल्यमा खरिद बिक्री भए।

बजार पुँजीकरणका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो। पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी कायम रहँदा नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यार्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबीआइ बैंक र कृषि विकास बैंक उत्कृष्ट दशौँ स्थानमा परे।

यस्तै यस साता विभिन्न चार कम्पनीका शेयर स्टकमा सूचीकृत भए। त्यसमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीकाे ७५ लाख ४० हजार तीन सय ५२ कित्ता हकप्रद शेयर, एनएमबी लघुवित्त वित्तीय संस्थाको दुई लाख ११ हजार तीन सय १२ कित्ता हकप्रद शेयर, नवील ब्यालेन्स फण्डको ११ करोड २० लाख एकाइ साधारण शेयर र कुमारी बैंकको कूल एक करोड ५२ लाख २१ हजार सात सय ८१ कित्ता शेयर लाभांश सूचीकृत भएका छन्। रासस

प्रकाशित: ४ श्रावण २०७६ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App