coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिल्ला प्रशासनमै स्तनपान कक्ष

जिल्ला प्रशासन कार्यालय जुम्लामा रहेकाे स्तनपान कक्ष। तस्बिरः नागरिक

जुम्ला– साउन १ गते चन्दननाथ नगरपालिका–२ की कृष्णा शाही कामका लागि जिल्ला प्रशासन कार्यालय जुम्ला पुगिन्। बच्चा बोकेर प्रशासन कार्यालयमा आएकी उनले सहजैरूपमा स्तनपान गराउन पाइन्।

पहिले सेवा लिन आउँदा बस्ने ठाउँ पाइँदैनथ्यो। अहिले स्तनपान कक्ष छुट्टै हुँदा निकै सहज भएको कृष्णाले बताइन्। जिल्ला प्रशासन कार्यालय जुम्लामा आउने गर्भवती र नवआमाका लागि आराम तथा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। प्रशासन कार्यालयमा कार्यरत महिला कर्मचारीसमेत यो सेवाबाट लाभान्वित हुन सक्नेछन्।

स्तनपान कक्षमा एकै पटक तीनजनासम्म आमाले स्तनपान गराउन सक्नेछन्। यस्तै सेवाग्राहीहरूको सुविधाका लागि कार्यालयको मूल प्रवेशद्वारमा छुट्टै सहायता कक्ष पनि सञ्चालनमा आएको छ। सेवाग्राहीको सहजताका लागि १३ प्रकारका निवेदनका ढाँचाहरू निर्माण गरी सहायता कक्षमा राखिने छ।

जुनसुकै सेवा लिने सेवाग्राहीले सहायता कक्षमार्फत् सहजैरूपमा सेवा सुविधाका बारेमा जानकारी हासिल गर्न सक्नेछन्। यी निवेदनहरू प्रशासन कार्यालयको वेबसाइटमा समेत राखिएको छ।

प्रकाशित: ४ श्रावण २०७६ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App