१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भीरबाट लडेर महिलाको मृत्यु

बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २७ वर्षीया लक्षु विक रहेको वडाअध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिएका छन्। शनिबार बिहान ७ बजे गाईगोरुलाई राताखाली भन्ने स्थानमा घाँस काट्न गएका बेला लडेर मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए। घाँस काटिरहेका बेला चिप्लिएपछि भीरबाट लडेर मृत्यु भएको मृतकका श्रीमान असारे विकले बताए।

मृतकका तीन छोरा र एक छोरी छन्। आफन्तले प्रहरीलाई खबर गरे पनि घटनास्थल पुग्न अझै २ घण्टा लाग्ने स्थानीयले बताएका छन्। कर्णाली नदी पारिको उक्त वडामा पैदल जान बाटो असहज रहेको बताइएको छ।

प्रकाशित: ४ श्रावण २०७६ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App