७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीपछि प्रचण्ड प्रधानमन्त्रीः नेता पौडेल

रुपन्देही– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने बताएका छन्। उनले पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भएको बेलामा आलोपालो सरकार चलाउने सहमती भएको बताउँदै ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने स्पष्ट पारे। तर, अहिले भने प्रधानमन्त्री ओली नै प्रधानमन्त्री रहेको र परिवर्तन गर्ने कुरा नगरेको बताए।

रिर्पोट्स क्लब प्रदेश ५ ले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले ५ बुँदे सहमती भएको कुरा लुकाउन नपर्ने भन्दै सहमति कार्यान्वयन गर्नुुपर्नेमा जोड दिए। उनले सहमति कार्यान्वयन हुनुपर्ने भए पनि अहिले त्यो समय नआएको बताए।

‘पाँचबुदे सहमति भएकै हो, सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन, सोही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ।’ नेता पौडेलले भने। पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले नै नभैसकेको दोह-याएका छन्।  उनले मन्त्रिपरिषद हेरफेर हुनसक्ने बताउँदै तत्काल सरकार फेरिने कुनै सम्भावना नरहेको बताए। उनले केही मन्त्रालयहरु खाली रहेकाले मन्त्रीमण्डल हेरफेरलाई त्यति ठूलो विषयका रुपमा लिन नहुने बताए।

उनले निर्मला काण्ड,बिधेयक ल्याउने फिर्ता गर्ने,गुठी बिधेयकका सवाल,बिषादी जस्ता विषयमा सरकारले  परिपक्ता दोउन नसकेको बताए। गुठी विधेयकलाई स्थगन गरेको भएपनि अन्य विधेयकका बिषयमा छलफल गरेर सरकार अघि बढेको उनको भनाई छ।

उनले विषादीमा प्रधानमन्त्रीले माफी मागेको बताउँदै मन्त्रालयका सचिवका कारण सरकार अप्ठ्यारोमा परेको बताए। ‘मन्त्रालयको अपरिपक्वता देखियो, सरकारले गतिविधी गरिरहेको तर देखिनेगरी रिजल्ट नदेखिएको मात्रै  हो’ उनले भने।

बुद्धमूर्तीको तोडफोड आपराधिक काम
प्रतिनिधि सभाका सांसद समेत रहेका नेता पौडेलले रुपन्देहीको तिलोत्तमामा सडकको बीचमा राखिएको बुद्धको मूर्तीमा भएको तोडफोड आपराधिक काम भएको बताएका छन्।

उनले उनले बुद्धलाई विश्वले शान्तिका दूतका रुपमा स्वीकार गरेको अवस्थामा लुम्बिनी क्षेत्रमै तोडफोड हुने कुरा आपराधिक क्रियाकलाप भएको भन्दै दोषीलाई पत्ता लगाएर कारवाही हुनुपर्ने बताए। ‘एकाएक तोडफोड भएको छ, यहाँको प्रहरी प्रशासनले छानविन गरेर कारवाही गर्नुपर्छ ’उनले भने।

प्रकाशित: ४ श्रावण २०७६ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App