८ वैशाख २०८१ शनिबार
समाज

एक महिनापछि जुम्लाबाट हत्यारा पक्राउ

कोहलपुर– असोज १७ गते नौवस्ता–७ सुतैयामा हत्या गरिएका १७ वर्षीय सुवास शाहीको हत्यामा संग्लन मुख्य आरोपित जुम्लाबाट पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले शुक्रबार जुम्लाको महत गाउँमै पुगेर शाही हत्यामा संग्लन दिनेश महतलाई पक्राउ गरेको हो।

शाहीको असोज २० गते नौवस्ताको जंगलमा शव खाडलमा गाडिएको अवस्थामा फेला परेको थियो । दिनेश महत र नन्दबहादुर खत्रीसंगको झगडापछि उनीहरुले शाहीको हत्या गरी फरार थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले एक महिनापछि शुक्रबार बेलुका ४ बजे जुम्लाबाट पक्राउ गरिएको जानकारी दिए । महतगाउँमै पुगेर जंगलमा लुक्दै आएको महतलाई प्रहरी पक्रन सफल भएको उनले भने। आफन्तसँगको सम्पर्क र उसको मोबाइल फोन लोकेशनका आधारमा उसलाई पक्राउ गरिएको उनले बताए। कालिकोट मान्मा र जुम्ला महत सीमाको जंगलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दियो । हत्यापछि फरार महतलाई पक्राउ गर्न एक महिनासम्म प्रहरी मेहेनत गरेको र सफल भएको उनले भने ।

शाही हत्यामा संग्लन अर्का आरोपी नन्दबहादुर खत्री अझै फरार छन्। उसलाई पक्राउ गर्न नेपाल प्रहरी भारतसम्म पुगेको र पक्राउ गर्न नसकेको डिएसपी काफ्लेले बताए। एक जना हाम्रो प्रहरी खत्रीलाई पक्राउ गर्न अहिले पनि भारतमा रहेको भने। महत पक्राउ भैइसकेको र उसको बयानपछि शाही हत्याको वास्तविक कारण पत्ता लाग्ने प्रहरीको विश्वास छ। अन्य आरोपिसमेत पक्राउ पर्न सक्ने प्रहरीको भनाइ छ।

शाहीलाई खुकुरी प्रहार गरी हत्या गरेको महतले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ। असोज १७ गते राति ११ बजे परेको झगडापछि खत्री र महतले खुकुरी  प्रहार गरि हत्या गरेका थिए । शाही हत्यामा संग्लन अन्य तीन जनालाई प्रहरी पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रकाशित: १९ कार्तिक २०७३ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App