coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंको बालाजु–माछापोखरी सफाई

काठमाडौं– काठमाडौंको चक्रपथ सफाई अभियान अन्तरगत शनिबार बालाजु चोकदेखि माछा पोखरीसम्मको सफाई गरिएको छ। 

चक्रपथ सफाई अभियानको १०१ औं दिनको अवसर पारेर शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बालाजुदेखि माछा पोखरीसम्मको सफाई गरिएको हो। घरघरबाट सफाई अभियान संचालन गर्नुपर्छ भन्ने सन्देशका साथ चक्रपथ सफाई अभियानलाई निरन्तरता दिइएको अभियन्ता ताराबहादुर कुँवरले जानकारी दिए। उनले सफाई अभियानमा स्थानीय प्रहरी प्रशासन, विद्यालय, सामाजिक संघ, संस्था र स्थानीय महिलाहरुले बढि साथ दिएको पनि स्पष्ट पारे।

आजको सफाई अभियानमा पनि स्थानीय प्रहरी र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो। २०७१ सालबाट सुरु गरिएको सो अभियान अन्तरगत हालसम्म कलंकीदेखि माछा पोखरीसम्ममा २७८ ट्रक फोहोर संकलन गरी व्यवस्था गरिएको छ। अभियन्ता कुँवरका अनुसार गत शनिबार हालसम्म निरन्तर सो अभियानमा सहभागी भएकालाई पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा सम्मान पनि गरिएको थियो।

यो अभियान हरेक शनिबार बिहान ७ बजेबाट ९ बजेसम्म संचालन हुनेछ। अभियानमा सहभागी भएर काठमाडौंको चक्रपथलाई सफा र स्वच्छ बनाउने अभियानमा साथ पनि अभियन्ता कुँवरले सबैलाई आह्वान गरे। 

प्रकाशित: ४ श्रावण २०७६ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App