coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठेपुल बगाएपछि क्यूङ गाउँमा सम्पर्क विच्छेद

धादिङ - विकट उत्तरी धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ ।

केही दिनदेखिको लगातारको वर्षाले मुङगङ खोलामा रहेको काठेपुल बगाएपछि एक सातादेखि गाउँमा आवतजावत बन्द भएको खनियावास गाउँपालिका–२ नम्बर वडाध्यक्ष टेकबहादुर तामाङले बताए । ६३ घरधुरी रहेको सो विकट गाउँमा पुग्न सदरमुकामबाट दुई दिनको पैदल यात्रा गर्नुपर्छ । वर्षायाम लागेपछि गाउँ पुग्न पैदल हिड्नुपर्ने हुन्छ । गाउँमा काठेपुल बगाएपछि वडा कार्यालयले काठेपुल बनाउन गाउँवासीलाई आग्रह गरेपनि गाउँमा युवा नभएपछि बनाउन नसकिएको वडाध्यक्ष तामाङले बताए ।

क्यूङ गाउँस्थित थलीमा रहेको १० घरमध्ये सात जना मात्र गाउँमा छन् । गाउँमा कोही पनि नभएकोले थली गाउँ शून्य अवस्थामा छ । कन्द्राङ १३ घर, गोरगङ गाउँमा पाँच घर रहेको छ । गाउँभरीमा युवा तथा तन्नेरीहरु कोही नभएपछि गाउँमा गरिने विकासका कामसमेत प्रभावित भएको छ । बुढापाका र बालबालिका मात्र गाउँमा रहेकोले साधारण रुपमा गर्न सकिने काठेपुल बनाउन आवश्यक जनशक्ति छैन ।

कोही मानिस बिरामी भयो भने बोकेर स्वास्थ्य चौकीसम्म लाने मानिससमेत नभएको गाउँवासीको भनाइ छ । गाउँमा यातायात, सञ्चार नभएपछि गाउँवासी पलायन हुँदै गएको र वर्षमा छ महीना भारततर्फ काम गर्न गएकाले गाउँ युवा विहीन भएको हो ।

प्रकाशित: ४ श्रावण २०७६ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App