coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छठको पूजाको तयारीमा घाटहरु धमाधम सजाइँदै

जिल्ला प्रहरी कार्यालय रौतहटले सदरमुकाम गौरस्थित छठघाट सरसफाई गर्दै। तस्वीरः मदन ठाकुर

रौतहट– नेपालीहरु महान् पर्व छठको तयारी सुरु भएको छ। चार दिनको छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरु सजाइने क्रम सुरु भएको छ।

छठको पहिलो दिनलाई नहा खाएके भनिन्छ। आज व्रतालुहरु नदी वा पोखरीमा नुहाएर व्रतको आरम्भ गरेका छन्। नदी वा पोखरीमा स्नान गर्न जान नसक्नेहरुले घरमै नुहाएर व्रतको सुरुआत गरेका छन्।

लोक महापर्वको रुपमा विस्तार पाएको छठको घाटको निर्माण तथा मरम्मतको काम हरेकजसो गाउँमा एक हप्ता पहिलेदेखि नै चलिरहेको छ । नदी वा पोखरीको किनारलाई सजाउने, टेन्ट गाड्ने काम एक हप्ता पहिलेदेखि भइरहेको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले स्थानीयबासीसित समन्वय गरी जिल्लाभर घाट मरम्मत तथा सरसफाइ गरेका छन् । जिल्लाको सयकडौँ ठाउँमा छठ घाटको सरसफाइ गरिएको छ । छठ पूजाको लागि घाटको सरसफाइ र मरम्मत चलिरहेसँगै व्रतालुहरुलाई रातभर जाग्राम बस्न उपयुक्त हुने किसिमले घाटहरुलाई सजाउने काम सुरु भएको हो ।

हाम्रो समाजको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ पर्व आजदेखि औपचारिक रुपमा सुरु भएको बज्जिका भाषा विकास परिषद नेपालके केन्द्रीय अध्यक्ष शिवचन्द्र प्रसाद शाहले बताउँदै बज्जिकाभाषी क्षेत्रबाटै छठ पर्वको सुरुआत भएको समेत दाबी गरेका छन् । “बज्जिकाञ्चल क्षेत्रबाटै छठ पर्वको विस्तार भएको यसको पुराना र प्राचीन गीतहरुले प्रमाणित गर्दछन्” शाह भन्छन् । छठ पर्वका पुराना गीतहरु बज्जिका भाषामै रहेको शाहको दाबी छ ।

छठ पर्वको व्रत सुरु भएकोले छठको अवसरमा शान्ति सुरक्षालाई कायम राख्न जिल्लाभर निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविणकृष्ण भण्डारीले बताए । छठ पर्वको समयमा विगतका वर्षहरुमा भएको अपराधिक घटनालाई लिएर जिल्लाका हरेक छठघाटमा शान्ति सुरक्षा व्यावस्था मजवुत वनाइएको बताए । जिल्लाका चन्द्रनिगाहपुर, गरुडा तथा गौर नगरपालिका तथा राजमार्गमा समेत गस्ति पेट्रोलिँग वढाइएको डिएसपी भण्डारीले बताए ।

हेर्नुहाेस् तस्बिरहरू

जिल्ला प्रहरी कार्यालय रौतहटले सदरमुकाम गौरस्थित छठघाट सरसफाई गर्दै। तस्वीरः मदन ठाकुर
जिल्ला प्रहरी कार्यालय रौतहटले सदरमुकाम गौरस्थित छठघाट सरसफाई गर्दै। तस्वीरः मदन ठाकुर
जिल्ला प्रहरी कार्यालय रौतहटले सदरमुकाम गौरस्थित छठघाट सरसफाई गर्दै। तस्वीरः मदन ठाकुर
जिल्ला प्रहरी कार्यालय रौतहटले सदरमुकाम गौरस्थित छठघाट सरसफाई गर्दै। तस्वीरः मदन ठाकुर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App