७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीपीडितलाई सहयोग

रौतहट – बाढीका कारण विस्थापित परिवार भोकभोकै रहेको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि यतिखेर रौतहटका बाढीपीडितलाई विभिन्न संघसंस्थाले राहत सामग्री वितरण गरिरहेका छन्।

गत शुक्रबार रौतहटका विभिन्न खोला र नदीमा आएको बाढी बस्तीमा पसी घरवारसमेत भत्काएपछि जिल्लाका अन्य गाउँको तुलनामा दुर्गा भगवती गाउँपालिकाको बडहर्वा, ईशनाथ नगरपालिकाको बन्जरहा, औरैया र वैरियालगायत गाउँका हजारौं विस्थापित भएका थिए। घर भत्किनुका साथै लत्ताकपडा, अन्नपातलगायत सामान बाढीले बगाएपछि भोकभोकै बस्नुपरेको समाचार नागरिक दैनिकमा छापिएछि बाढीपीडितलाई राहत सहयोग गर्नेको संख्या बढ्दै गएको हो।

प्रभु बंैक गौर शाखाका प्रबन्धक हेमन्त निरौलाले बाढीप्रभावित बस्तीका बासिन्दालाई शुद्ध खानेपानी पिउन ६ सय कार्टुन पानी खरिद गरेर जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किरण थापालाई हस्तान्तरण गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिबाहेक गैरसरकारी संस्था माण्डवी, ग्रामीण विकास केन्द्र (आरडिसी) नेपाल, आसमान नेपाल, युनिसेफ, रेडक्रसलगायत विभिन्न संघसंस्थाले बाढीप्रभावित बस्तीमा राहत तिरण गरेका छन्। बाढीप्रभावित पालिकाहरूसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत राहत वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

सडक सम्पर्क टुटेका ईशनाथ नगरपालिका–१ बन्जरहा, औरैया र वैरियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानद्वारा रबर बोटको माध्यमले करिब ६ सय परिवारलाई पुग्नेगरी राहत प्याकेट पु¥याइएको प्रजिअ थापाले जानकारी दिए।

प्रकाशित: ४ श्रावण २०७६ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App