'तरकारीवाली' कुसुमलाई चलचित्र 'लम्फु'मा अभिनयको अफर

शुक्रबार, १९ कार्तिक २०७३, १६ : ३८ नागरिक

काठमाडौं- 'तरकारीवाली' ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ।

गोरखा भूम्लीचोककी श्रेष्ठलाई पपुलर मल्टीमिडियाले बनाउन लागेको चलचित्र लम्फुका निर्देशकले अभिनय अफर गरेका हुन्। 'हामीले उनलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौं', चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले भने, ' कुसुमजीसँगै कुरा भएको छ। उनि इच्छुक छन् घरमा सल्लाह गरेर कन्फर्म गर्ने भनेकी छन्।'

गोरखा निवासी श्रेष्ठले आफू फिल्ममा काम गर्न इच्छुक भएको बताइन्। 'फिल्मको अफर आएको छ', उनले नागरिकन्युजसँग भनिन्, 'सोचेर निर्णय गर्छु।' लम्फुका निर्देशकले अफर गरे पनि निर्णय गरिनसकेको उनले बताइन्।

लामिछानेले यस अघि 'किन लाग्छ माया', 'बोक्सी', 'द मिरर' र 'ओ माइ म्यान'को निर्देशन गरिसकेका छन्।

पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की बासिन्दा श्रेष्ठको तस्बिरले इन्टरनेटमा धुम मच्चाएको छ।

चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै छन्। गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुलतार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ। कुसुमले टमाटरको क्रेट बोकेर पुलतर्दै गरेको फोटो त्रिशूलीमा र्‍याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रुपचन्द्र महर्जनले खिचेर कात्तिक १२ गते फेसबुकमा राखेका थिए। त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चायो। करोडौं सेयर भएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...