coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली सुन देखाएर ठगी

चितवन– नक्कली सुन देखाएर खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सा बजारमा एक महिलालाई दुई जनाले ठगी गरेका छन्।

शुक्रबार दिउँसो दुई जना अपरिचित पुरुषले पर्सा बजारकी महिलालाई ठगी गरेको प्रहरीले जनाएको छ। नक्कली सुनको ढिका(विस्कुट) देखाएर सुन साटी दिने भन्दै महिलालाई ठगी गरि फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिए।

ठगहरुले नक्कली सुनको ढिक्का दिएर महिलाको साथबाट २ थान सुनको बाला, लकेट सहितको सिक्री समेत गरी ५ तोला बराबरको सुन ठगी गरेको उनले बताए। ठगी कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भइरहेको छ। नक्कली सुन देखाई लुटपाट तथा ठगी गर्ने गिरोहबाट सचेत रहन प्रहरीले नागरिकलाई अनुरोधसमेत गरेको छ।

प्रकाशित: ३ श्रावण २०७६ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App