coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘भारतीय बाँधका कारण तराई डुबानमा’

काठमाडाैं– नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताएका छन्।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको एक तालिमको आज समापन कार्यक्रममा उनले भारतीय तटबन्धले पारेको समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताए। दरबार क्षेत्रमा अवस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन जीर्णोद्धार गर्न पुराना प्रमाण भेटाउन नसक्दा ढिलाइ भइरहेको बताउँदै उनले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदा तथा सार्वजनिक र पर्ती जग्गाको अभिलेखीकरण राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी लगायतले भक्तपुरको प्राचीन इतिहास खोतल्न भक्तपुरका पुराना फोटोग्राफरलाई अगाडि ल्याउन आवश्यक भएको बताए। रासस

प्रकाशित: ३ श्रावण २०७६ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App