७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्ने

फाइल तस्बिर ।

काठमाडौ– सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिए।

उनले त्यसका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेस गर्ने पनि बताए। शुक्रबार काठमाडौंमा कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरूको सेवाको शुभारम्भ गर्दै उनले यातायात व्यवसायीहरूकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि स्पष्ट पारे।

मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागिपरेको पनि बताए। तर, त्यसका लागि यातायात व्यवसायीहरूले सरकारलाई सक्दो सहयोग गर्नुपर्ने पनि मन्त्री महासेठको भनाइ छ।

प्रकाशित: ३ श्रावण २०७६ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App