भिसिटिएस तत्काल खारेज गर्न माग

शुक्रबार, ०३ साउन २०७६, १३ : ५८ नागरिक

काठमाडौं– यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणाली मान्य नहुने दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो।

ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार जरिवानासहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान सो प्रणालीमा व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गर्नु परेको यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुर समितिका संयोजक गोकर्ण पराजुलीले जानकारी दिए। उनले आयात, निर्मात गर्ने उद्योगीहरुलाई नभई आफूहरुलाई मारमा पार्ने गरी ल्याइएको सो प्रणाली तत्काल खारेज नभए ढुवानीको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी पनि दिए।

समितिले सानो लगानीमा रहेका ढुवानीकर्ताहरुलाई उठनै नसक्ने प्रावधानसहित सरकारले सो प्रणालीमा संचालनमा ल्याएकोमा आक्रोश पनि व्यक्त गरेको छ। 







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad