coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सोलुखुम्बुमा भीरबाट लडेर एक भारतीयको ज्यान गयो

सोलुखुम्ब– सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा रहेको दाल्दु भीरबाट लडेर एक भारतीय नागरिकको ज्यान गएको छ। सुस्त मनस्थिती भएका भारत आसामका जयदेव ईन्ट्रिको भीरबाट लडेर ज्यान गएको हो।

८२ मेगावाटको निर्माणाधिन तल्लो सोलु हाईड्रोपावरमा काम गर्न आएका उनी बिहीबार दिउँसो खोला किनारमा मृत अवस्थामा भेटिएका हुन्। उनी केही दिनदेखि हराईरहेका थिए।

खोला किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ। पोष्टमार्टमपछि शवलाई आफन्तको जिम्मा लागाईने प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए।

प्रकाशित: ३ श्रावण २०७६ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App