७ वैशाख २०८१ शुक्रबार
समाज

धनगढीमा बम विस्फोट : बम बाेक्ने रामबहादुरकाे मृत्यु

धनगढी -  बिहीबार बेलुका धनगढीको शहिद गेटनजिक भएको विस्फोटमा परी घाइते भएका मध्ये एक जनाकाे मृत्यु भएकाे छ। सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी नजिक निलम होटलमा भएकाे वम बिस्फोटमा परी बझाङ  जयपृथ्वी नगरपालिका–१ ४ का रामबहादुर सिंहको ज्यान गएको हो ।

उनकाे धनगढीकै माया मेट्रो अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । बमको छर्राले उनको शरीरको ढाड, खुट्टाको मासुु बाहिर छुट्टिएको थियो ।

प्रहरीले घटना स्थलबाट एक थान पेस्टोल र एक थान से ७ प ३१४४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । त्यस्तै, बम विस्फोटले होटलको भित्तामा क्षति भएको प्रहरीले जनाएको छ ।

अहिले घटना स्थल वरिपरि सुरक्षाकर्मीको वाक्लो उपस्थिति रहेको छ। धनगढीको सुरक्षा व्यवस्था पनि कडा पारिएको सुरक्षा अधिकारीको भनाइ छ। घटना स्थल मुख्यमन्त्री निवासबाट नजिकै रहेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए।

प्रकाशित: ३ श्रावण २०७६ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App