८ वैशाख २०८१ शनिबार
राजनीति

‘सरकारको निर्णय कर्मचारीले मान्दिनँ भन्न पाउँछ ?’

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन्।

मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरूलाई आग्रह गरे।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर्मचारीहरूलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिबद्ध रहेको पनि बताए।

मन्त्री पण्डितले कार्यालय समयमा कार्यालयबाहिरको काम गर्ने कर्मचारीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिए। उनले कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफैं अप्ठयारोमा पर्ने गरेको पनि स्मरण गराए।

 

प्रकाशित: ३ श्रावण २०७६ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App