सूर्यमानका एक हजार पूर्णचन्द्र (भिडियो)

शुक्रबार, ०३ साउन २०७६, १२ : ०० दिपेन्द्र रोक्का

काठमाडौं–  नेवा: समुदायले मनाउने संस्कृति मध्येको एक हो ‘जंकु’। ‘जंकु’ भन्नाले निश्चित आयू पार गरेपछि मनाइने खुसीयाली हो। नेवार समुदायमा बच्चाहुँदा गरिने ‘पास्नी र भात खुवाइलाई’ जन्कुको संज्ञामा राखे पनि ५ वटाले विषेश महत्व राख्ने गर्दछ।

नेवारी संस्कृति अनुसार ७७ वर्ष ७ महिना ७ दिनमा पहिलो जंकु गरिन्छ। जसलाई भिमरथारोहण महिना भनिन्छ। त्यस्तै ८२ वर्ष ४ महिना चार दिनमा दोस्रो जंकु गरिन्छ जसलाई चन्द्ररथारोहण भनिन्छ। तेस्रो ८८ वर्ष ८ महिना ८ दिनमा गरिन्छ जसलाई देवरथारोहण भनिन्छ। मानिसको चौथाें जंकु’ ९९ वर्ष ९ महिना ९ दिनमा गरिन्छ जसलाई दिव्यरथारोहण भनिन्छ।

यदी मानिस त्यो समय भन्दा पनि बढि बाँचिरह्यो भने उसको अन्तिम र पाँचौ जंकु १०५ वर्ष, ८ महिना, ८ दिनमा गरिन्छ। यसलाई महादिव्यरथारोहण भनिन्छ। यो अन्तिम जंकु गरिसकेपछि बृद्धबृद्धालाई देवी देवताको संज्ञामा राखिन्छ। श्रीमान श्रीमती दुवै राखेर मनाइने यो परम्परा आफूभन्दा ठूलाको चीर, सुख-शान्ति र स्वास्थ्य लाभको कामना गरि गरिन्छ।

भक्तपुरको सुकुलढोका बस्ने सूर्यमान ताम्राकारले यो साता आफ्नो दोश्रो जंकु मनाए। जसलाई चन्द्ररथारोहण भनिन्छ। भनाई अनुसार यो अवधिसम्म सूर्यमानले हजारवटा पूर्णचन्द्र देखिसकेका छन्। उनले यो क्षण आफ्नो परिवार, इष्टमित्र र अग्रजहरुसँग मनाए।

पेशाले तामाको भाँडा बनाउने ताम्राकार ८२ वर्ष हुँदासम्म आफ्नो मौलिक पेशा छाडेका छैनन्। सुकुलढोकाको गल्लीमा अहिले पनि ताम्राकारको छिनो र हम्बरको ध्वनी गुन्जिरहन्छ। यसरी बृद्धावस्थासम्म काम गर्दा छोराहरु नगर्न आग्रह गर्छन्, सघाउँछन् पनि। तर, यही पेशामा जीवन सुम्पिएका ताम्राकार मौका परिस्थिति मिल्ने वित्तिकै  त्यही काममा फर्किहाल्छन्। आफूलाई जीवनसँग कुनै गुनासो नभएको र सबै कुरा पुगेको बताउँछन् ताम्राकार।

५ सन्तान र ८ नातिनातिनाका अभिभावक ताम्राकार आफ्नो दोश्रो जंकुसँगै नजिकैको ताम्राकार गुठीको पनि नाइके भएका छन्। ‘पहिलो जंकु पनि काट्दिन जस्तो लागेको थियो’, उनले भने, ‘अहिले दोस्रो जंकु गर्न पाउँदा खुशी लागेको छ।’ सूर्यमान दोश्रो जंकुपछि आफ्नो जीवन र कला परिवारलाई सुम्पने बताउँछन्।

परापूर्वकालमा जब अहिलेको जस्तो विकसित औषधिहरु थिएन, मानिसको औसत आयु ६०–६५ वर्ष हुने गथ्र्यो। ८० वर्षभन्दा बढी बाँच्नु नयाँ जीवन पाउनु समान हुन्थ्यो। यही कारणले पनि ब्राह्मण, क्षेत्री समाजमा ८४ र नेवार समुदायमा जंकुको चलन चलेको हुनसक्छ। तर जे होस्, जंकुजस्ता परम्पराले मौलिक इतिहास बोकेका छन्। यस्ता परम्पराले हामीलाई अग्रजको आदर र सम्मान गर्न सिकाएको छ।      







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad