१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रसफोर्डद्वारा ग्रिनउडको प्रशंसा

लन्डन – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कुस रसफोर्डले टोली सहकर्मी १७ वर्षीय स्ट्राइकर मासोन ग्रिनउडसँग ‘अद्भुत क्षमता’ भएको प्रतिक्रिया दिएका छन्। बुधबार लिड्समाथि ४–० को सहज जित हात पारेको खेलमा गोल गरेका ग्रिनउडको प्रशंसा गर्दै प्रशिक्षक ओले गनर सोल्सजायरले समेत उनी क्षमतावान् खेलाडी भएकाले नयाँ सिजनमा चेल्सीविरुद्ध अर्को महिना हुने इङ्लिस प्रिमियर लिगको पहिलो खेलमै टोलीमा स्थान बनाउने सम्भावना रहेको बताएका थिए।

‘उनी धैर्यका साथ खेल्छन्,’ रसफोर्डले भने, ‘एउटै कुरा दोहो¥याउनु राम्रो होइन।उनी चलाख युवा खेलाडी हुन् र उनले क्रमिक रूपमा सिक्दै जान्छन्। उनीसँग अद्भुत क्षमता छ। जुन समयसँगै प्रमाणित हुँदै जानेछ।’ ‘टोली प्रशिक्षकले पनि उनलाई टोलीमा समावेश गर्दै उनको हौसला बढाउने काम गरेका छन्।जुन सकारात्मक कदम हो,’ रसफोर्डले थपे।

इङल्यान्ड यु–१८ टोलीका स्ट्राइकर ग्रिनउडले मार्चमा सम्पन्न च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पिएसजी)विरुद्ध पुनरागमनमा सुखद नतिजा लिएको खेलसँगै युनाइटेडबाट डेब्यु गरेका थिए। उनले गत सिजन युनाइटेडबाट प्रिमियर लिगका तीन खेलमा सहभागिता जनाएका थिए।

लिड्सविरुद्ध गरेको गोल नै उनले युनाइटेडको सिनियर टोलीका लागि गरेको पहिलो गोल हो। युनाइटेडका अर्को स्ट्राइकर रोमेलु लुकाकु इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलान जाने खबर सार्वजनिक भैरहेको छ। त्यसैले ग्रिनउडले सिजनको सुरुआतबाटै टोलीमा स्थान बनाउने सम्भावना रहेको बताइएको छ। ‘मासोन ग्रिनउड अगस्ट ११ मा चेल्सीविरुद्ध हुने सिजनको पहिलो खेलमा पहिलो रोजाइमा अवसर पाउने सम्भावना छ। उनी निकै क्षमतावान् खेलाडी हुन्,’ युनाइटेड प्रशिक्षक सोल्सजायरले भने, ‘उनले निरन्तर स्वाभाविक लयको प्रदर्शन कायम राखेमा टोलीमा उनको प्रबल सम्भावना छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोलीबाहिर राख्न कठिन छ। ग्रिनउडले लिडस्सवरुद्ध गरेको गोलमा म सन्तुष्ट छुु।’

 

प्रकाशित: ३ श्रावण २०७६ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App