७ वैशाख २०८१ शुक्रबार
खेल

साग भए रंगशालामा पार्किङको कठिनाइ

पोखरा - सागको लागि चार महिना मात्रै बाँकी छ। पूर्वाधार तयार भइसकेका छैनन्। पूर्वाधार नहँुदा चुनौती थपिएको छ। फुटबल मैदान, ह्यान्डबल, आर्चरी र बहुउद्देश्यीय कभर्ड हललगायतका पूर्वाधार तयार गर्नुपर्ने खाँचो छ। सागको तयारीका लागि तदारुकता देखाउँदै सरोकार निकायबीच छलफल सुरु भइसकेको छ। बिहीबार राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङको नेतृत्वमा खेलकुदका पदाधिकारी, कर्मचारी एवं संघका पदाधिकारीहरू पोखरामा आयोजना हुने साग खेलकुदलाई भव्य बनाउने योजनासहित छलफलमा जुटेका हुन्।

‘सागलाई लक्षित गर्दै पूर्वाधार समयमै पूरा गर्न दबाब दिनुपर्ने आवश्यकता आंैल्याइएको छ। प्रतियोगिता पोखराको इज्जतसँग जोडिएको छ’ बोर्ड सदस्य गुरुङले भने,‘पूर्वाधार समयमै पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारी छ।’ बहुउद्देश्यीय कभर्ड हललाई पाँच करोड रुपैयाँ छुट्याइएको छ। छुट्याइएको बजेटबाट सिट, साउन्ड सिस्टम र पार्केटिङ गर्ने योजना रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। पोखरामा महिला फुटबलसहित, आर्चरी, हयान्डबल, ट्रायथोलन, प्याराग्लाइडिङलगायतका खेल सञ्चालन हुने बोर्ड सदस्य गुरुङको भनाइ थियो। ‘आवश्यक पूर्वाधार कहाँ उपयुक्त हुन्छ त्यहीं प्रतियोगिता सञ्चालन गर्ने योजना छ,’ गुरुङले भने। आर्चरीका लागि मैदान सम्याउनुपर्ने आवश्यकता छ। दुबो रोप्नुपर्ने खाँचो छ। दुबो रोप्ने समय निकै कम छ। माटो सम्याएर दुबो रोपेर मैदान हरियाली बनाउने समय चार महिना मात्रै छ।

सागका खेलहरू पोखरा रंगशालाभित्र सञ्चालन हुँदा पार्किङको समस्या समाधान गर्ने चुनौती रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए। ‘अहिलेको चुनौती नै पार्किङ हो। पार्किङ कहाँ गर्ने भन्ने विषय महŒवपूर्ण हो। त्यसलाई निराकरण गर्नुपर्ने आवश्यकता छ। त्यो नै छलफलको पहिलो एजेन्डाको रूपमा उठाइयो,’ उनले थपे। ह्यान्डबल, भलिबल, आर्चरी र फुटबलका गतिविधि एकैसाथ सञ्चालन हुँदा पार्किङको समस्या हुने उनको भनाइ थियो। फुटबलका लागि मैदान निर्माण सक्नुपर्ने उत्तिकै दबाब र चुनौती छ। फुटबल मैदान निर्माण नोभेम्बरभित्रमा सक्नुपर्ने निर्देशन खेलकुद परिषद्ले गरेको छ। कभर्ड हलभित्रको साउन्ड, पार्केटिङ र सिटको लागि टेन्डर आह्वान गर्नुपर्ने छ। त्यो पनि अर्को चुनौतीको विषय हो। ‘चुनौती धेरै छन्। तर सभ्य र भव्य प्रतियोगिता गर्ने हाम्रो दायित्व र जिम्मेवारी हो,’ कार्यालय प्रमुख योगीले भने,‘पहिलो चरणमा छलफल गरियो। अब अन्य संघसंस्थाहरूसँग समेत छलफल गरेर अगाडि बढ्नेछौं।’

ट्रायथोलन फेवाताल किनार लेकसाइडमा आयोजना गर्ने सम्भावना छ। प्याराग्लाइडिङ सराङकोटमा आयोजना गरिनेछ। अहिले थपिएको बिच भलिबल प्रतियोगितालाई समेत पोखरामा आयोजना गर्न सकिन्छ कि भन्ने चर्चासमेत छ। ‘हाम्रो पहिलो प्राथमिकता साग हो। त्यसपछि अर्को वर्ष हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हो,’ बोर्ड सदस्य गुरुङले भने। ‘अहिलेको चुनौती नै पार्किङ हो। पार्किङ कहाँ गर्ने भन्ने विषय महŒवपूर्ण हो। त्यसलाई निराकरण गर्नुपर्ने आवश्यकता छ। त्यो नै छलफलको पहिलो एजेन्डाको रूपमा उठाइयो।’

प्रकाशित: ३ श्रावण २०७६ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App