७ वैशाख २०८१ शुक्रबार
खेल

ब्रुसको रणनीतिसँग अभ्यस्त हुन सुझाव

नानजिङ – इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडका कप्तान जमाल लास्सेल्सले क्लबका पूर्वप्रशिक्षक राफाइल बेनिटेजको युगबाट अघि बढ्दै नयाँ प्रशिक्षक स्टिभ ब्रुसको रणनीतिसँग अभ्यस्त हुन खेलाडीलाई सुझाव दिएका छन् । बुधबार क्लबले नयाँ प्रशिक्षकका रूपमा सन्डरल्यान्डका पूर्वप्रशिक्षक स्टिभ ब्रुसलाई नियुक्त गर्दा समर्थक निराश बनेका थिए । बु्रसले प्रिमियर क्लब न्युक्यासलसँग तीन वर्षे सम्झौता गरेका छन् । उनको सम्झौताबारे समर्थकले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रशिक्षक ब्रुससँग नयाँ सिजनका लागि क्लबमा खेलाडी अनुबन्धन गर्नका लागि मात्र ३ साताको समय बाँकी छ । उनले क्लबमा नयाँ खेलाडी भिœयाउने प्रक्रिया भने सुरु भैसकेको बताएका थिए । प्रिमियर लिग एसिया ट्रफीअन्तर्गत शनिबार सांघाईमा हुने वेस्ट ह्यामविरुद्धको खेलसँगै ५८ वर्षे ब्रुसले औपचारिक रूपमा क्लब प्रशिक्षण सम्हाल्ने बताइएको छ । क्लब मालिक माइक एस्ले बेनिटेजलाई क्लबमै राखिरहन असफल भएको भन्दै समर्थक आक्रोशित बनेका थिए । लास्सेल्सले भने यस्तो घटना भैरहने भन्दै नआत्तिन खेलाडीलाई आग्रह गरेका हुन् ।

‘जे हुनु भइसकेको छ । अब हामीले केही गर्न सक्दैनौं । हामीले आगामी दिनका बारेमा कसरी उत्कृष्ट प्रदर्शन गर्ने भन्नेबारे सोच्नुको विकल्प छैन,’ उनले भने, ‘बु्रस अनुभवी प्रशिक्षक हुन् । त्यसैले उनीप्रति नकारात्मक हुन आवश्यक छैन । हामी नयाँ सिजनका लागि सकारात्मक हुन आवश्यक छ ।’ न्युक्यासलले बुधबार उल्भसविरुद्ध ४–० को जित हात पारेको थियो । ब्रुस प्रशिक्षकमा नियुत्त भएको केही समयपछि नै समर्थक आक्रोशित बनेका थिए । लास्सेल्सले भने अनावश्यक विषयमा समय नखर्चन सुझाव दिएका हुन् ।

‘समर्थकले कहिले पनि क्लबलाई सकारात्मक रूपमा लिएनन् । उनहरूले सधैं यस्तो हुनुपर्ने उस्तो हुनुपर्ने भन्ने माग मात्र गरिरहे,’ २५ वर्षे रक्षक लास्सेल्सले भने, ‘हामीले सधंै गलत कुरालाई मात्र प्राथमिकता दिइरह्यांै । सकारात्मक खबर विरलै प्रकाशनमा आए । हामीले खेलाडीको रूपमा त्यसको बेवास्ता गर्दै आयांै र खेलमा केन्द्रित बन्यांै । हामीले समर्थकका माग र उनीहरूको व्यवहारलाई नियन्त्रण गर्न सक्दैनौं ।’ म्यानचेस्टर युनाइटेडका पूर्वरक्षक बु्रसले न्युक्यासलमा अनुबन्धित हुन दोस्रो डिभिजनको क्लब सेफिल्ड वेनस्डेबाट राजीनामा दिएका थिए । न्युक्साल रहेको टाइनिसाइडमा हुर्किएका ५८ वर्षीय ब्रुसले चिर प्रतिद्वन्द्वी अर्को टोली सन्डरल्यान्डमा दुईवर्षे प्रशिक्षण अवधि बिताएका कारण उनी समर्थकबाट आलोचित छन् ।

 

प्रकाशित: ३ श्रावण २०७६ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App