महँगा खेलाडी भित्र्याउने तयारीमा आर्सनल

शुक्रबार, ०३ साउन २०७६, १० : ४८ नागरिक

लन्डन – आर्सनलका प्रशिक्षक युनेई इमिरेले नयाँ सिजनका लागि महँगो रकममा शीर्ष खेलाडी भिœयाउने प्रयास भइरहेको बताएका छन्। इमिरेले क्लबमाथि शीर्ष खेलाडी भित्र्याउन दबाब बढ्दै गएको र यस वर्षको खेलाडी आगमनले क्लब समर्थकसमेत सन्तुष्ट हुने बताएका छन्।

यसअघि आर्सनलले नयाँ सिजनका लागि इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका विल्फर्ड जाहा र सेल्टिकका काइरेन ट्रिनेलाई भित्र्याउने प्रस्ताव गरे पनि दुवै खेलाडीले सो प्रस्ताव अस्वीकार गरेका थिए।

‘हामी तीन वा चार यस्ता खेलाडी भित्र्याउन चाहन्छाैँ, जसको आगमनले क्लबले सुधारिएको प्रदर्शन गरोस्,’ इमिरेले भने, ‘टोलीमा अहिले पनि युवा तथा उत्कृष्ट खेलाडीको बहुलता छ। त्यसैले केही नयाँ तथा उत्कृष्ट खेलाडीको आगमनले टोली थप बलियो हुनेमा हामी आशावादी छांै। क्लब समर्थकले पनि हामीबाट नयाँ सिजनका लागि धेरै आशा गरेका छन्। हामी छिट्टै महँगो रकममा शीर्ष खेलाडी भिœयाउने तयारीमा छौं।’

आर्सनलले नयाँ सिजनका लागि ब्राजिलका युवा खेलाडी ग्याब्रियल मार्टिनेलीलाई भित्र्याइसकेको छ। आर्सनल सेन्ट इटिनीका रक्षक विलयाम सालिबालाई भिœयाउने तयारीमा छ। अर्को क्लब टोटेनह्याम पनि १८ वर्षे फ्रान्सेली रक्षकलाई अनुबन्धन गर्न इच्छुक देखिएको छ। आर्सनल गत सिजन प्रिमियर लिगको शीर्ष ४ मा पर्न असफल भएसँगै च्याम्पियन्स लिग छनोटबाट समेत टाढिएको थियो।

 






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad