coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

डा.भट्टराईको ‘परराष्ट्रका पात्र’

काठमाडौं – नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा आधारित पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र ः नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ सार्वजनिक भएको छ। बिहीबार किताब पब्लिसर्सले नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा आधारित पुस्तक ‘परराष्ट्रका पात्र ः नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ सार्वजनिक भएको जानकारी प्रेस विज्ञप्तिमार्फत गराएको थियो।

‘नेपालको परराष्ट्र मामिलाबारे थप अध्ययन र अनुसन्धान हुनुपर्छ भनेर यो पुस्तक लेखें। यो पुस्तकले नेपालको परराष्ट्र कार्यालय र यसका स्रस्टा वा प्रमुख पात्रहरुको भूमिकाको व्याख्या गरिएको छ,’ लेखक भट्टराईले भने।

नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका लेखक भट्टराईको यो पुस्तक विदेश अड्डाका प्रमुख सञ्चालकहरुको भूमिकामा केन्द्रित रहेको छ। सन् १९७७ को लोकसेवा आयोग परीक्षामा प्रथम स्थान हासिल गरी परराष्ट्र मन्त्रालयको शाखा अधिकृतका रुपमा सेवा प्रवेश गरेका लेखक भट्टराईले सन् २००९–११ को अवधिमा नेपालको परराष्ट्र सचिवको रूपमा काम गरेका थिए। किताब पब्लिसर्सले प्रकाशन गरेको पुस्तकमा परराष्ट्र मामिलाका विभिन्न कालखण्डलाई समावेश गरिएो छ।

‘परराष्ट्रका पात्र’मा जैसीकोठा र मुन्सीखाना जस्ता नेपालका प्रारम्भिक वैदेशिक अड्डादेखि त्यसका सञ्चालकहरुका तथ्य समेटिएका छन्। त्यस्तै पुस्तकमा बीपी, गिरिजाप्रसाद र मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय र ऋषिकेश शाहलगायतका कुटनीतिज्ञ र राजनीतिज्ञहरुको बारेमा विश्लेषण छ ,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकालले भनिन्।

 

प्रकाशित: ३ श्रावण २०७६ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App