७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

एनिमेसन स्टुडियोमा आगजनी, ३३ को मृत्यु

टोकियो - जापानको क्योटोस्थित एउटा एनिमेसन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

एक जना मानिस ‘क्योटो एनिमेसन को’ स्टुडियोमा प्रवेश गरेर आगजनी गरेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले ४१ वर्षीय एक संदिग्ध व्यक्तिले क्योटो एनिमेसन स्टुडियोमा भित्र छिरेर बिहीबार बिहान पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन्। नाम नखुलाइएका ती संदिग्धलाई प्रहरीले पक्राउ गरेको बताइएको छ। घाइते अवस्थामा पक्राउ गरिएकाले हाल ती व्यक्तिलाई अस्पताल लगिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाले जनाएका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उक्त घटनाप्रति खेद व्यक्त गर्दै त्यसको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्।

जापानी प्रसारक एनएचकेका अनुसार सो एनिमेसन स्टुडियोभित्र रहेका केही मानिसको अवस्था अझै पनि अज्ञात छ। जापानी प्रधानमन्त्री सिन्जो आबेले उक्त घटनाप्रति खेद व्यक्त गर्दै त्यसको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्।

घटना कसरी भयो ?
स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १० बजेर ३० मिनेटमा आगो लागेको थियो। यो समाचार तयार पार्दासम्म उद्धारको काम भइरहेको थियो। प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार आगो लागेपछि ठूलो विस्फोट सुनिएको बताएका छन्।

घटनास्थलमा प्रहरीले चक्कुहरु पनि भेटेको स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। एनएचकेका अनुसार ती व्यक्तिले आगो लगाउँदै ‘अब तिमीहरु मर’ भन्ने आशयको टिप्पणी गरेका थिए। ती सन्दिग्ध व्यक्तिको सो स्टुडियोसँग के कस्तो सम्बन्ध थियो भन्नेबारेमा भने स्पष्ट भइसकेको प्रहरीले बताएको छ।
‘डढेको केश भएको एक व्यक्ति लडिरहेका थिए अनि त्यहाँ रगत लागेका पदचिह्न थिए,’ स्टुडियो भवननजिकै बस्ने एक ५९ वर्षीया महिलालाई उद्धृत गर्दै समाचार संस्था क्योदोले उल्लेख गरेको छ।

क्योअनी नामले परिचित क्योटो एनिमेसन सन् १९८१ मा स्थापना भएको थियो। फिलिम र गाफ्रिक्स उपन्यासको निर्माण गर्ने कम्पनीले निर्माण गर्ने गुणस्तरीय सामग्रीका लागि दर्शक माझ प्रख्यात रहेको छ। ‘के–अन’ र ‘द मेलन्कली अफ हारुही सुजुमिया’ जस्ता एनिमेसन कार्यक्रमहरु पनि क्योटो एनिमेसनले बनाएको छ। स्टुडियोमा आगलागी भएको घटना बाहिरिएलगत्तै क्योटो एनिमेसनले बनाएका सामग्रीको तस्बिरसहित प्रशंसकहरुले सामाजिक सञ्जालमा सो घटनाबारे आश्चर्य र दुःख व्यक्त गरेका छन्।

 

 

प्रकाशित: ३ श्रावण २०७६ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App