८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इरानसँगको आणविक सम्झौता जोगाउन सहमति

मस्को – इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई रक्षा गर्न ‘संगठित प्रयास’ को आवश्यकता रहेको प्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुयल म्याक्रों सहमत भएका छन्।

इरानसँग विश्वका शक्ति राष्ट्रहरू, अमेरिका, बेलायत, रूस, चीन, जर्मनी र फ्रान्सका साथै युरोपेली संघले गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको र यसका कारण अमेरिका र इरानबीच बढेको तनावका कारण तेहरानले पनि सम्झौताबाट फिर्ता हुनेगरी लिनसक्ने घातक निर्णय विश्व समुदायको हितमा नहुने भन्दै सम्झौतालाई जोगाउने विषयमा संगठित रूपमा लाग्नुपर्नेमा पुटिन र म्याक्रोंबीच सहमति भएको हो।

‘पुटिन र म्याक्रोंबीच भएको फोन वार्तामा इरानसँगको आणविक सम्झौता भनेर चिनिने ‘संयुक्त बृहद् कार्यक्रम’ मध्यपूर्वको सुरक्षा र गैर–आणविक शासन स्थापनार्थ महŒवपूर्ण माध्यम भएकोमा दुवै नेताको ठहर रहेको छ,’ रुसी प्रशासनिक केन्द्र क्रेमलिनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबीच आणविक कार्यक्रमलाई जोगाउन चाहने सबै राष्ट्रबीच संगठित रूपमा सल्लाह गर्न आवश्यक पहल गरिनुपर्नेमा सहमति भएको छ।’
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको पहलमा विश्व शक्ति राष्ट्रहरूले गरेको सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष एकतर्फी रूपमा बाहिरिएको घोषणा गरेका थिए। सम्झौताबाट बाहिरिएको घोषणा गर्दै ट्रम्पले इरानमाथि सम्झौता पहिले गरिएका आर्थिक नाकाबन्दी कायम रहने बताएका थिए।
ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा गरेको छ। पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

प्रकाशित: ३ श्रावण २०७६ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App