८ वैशाख २०८१ शनिबार
समाज

कोचिङ कक्षाका लागि बजेट

रसुवा - नौकुण्ड गाउँपालिकाले विद्यालयमा कोचिङ कक्षा सञ्चालनार्थ बजेट विनियोजन गरेको छ। गाउँपालिकाभित्रका पाँचओटै माविमा कोचिङ कक्षा सञ्चालनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। विद्यार्थी संख्याको आधारमा विद्यालयले बजेट पाउनेछन्।

प्रतिविद्यार्थी प्रतिविषय मासिक दुई सय ५० रुपैयाँ विद्यालयलाई उपलब्ध गराइने शिक्षा शाखाप्रमुख वेगराज थापाले बताए। मावि तहका विद्यार्थीले अंगेजी, गणित र विज्ञान विषयको ट्युसन पढ्दै आएका छन्। ट्युसन पढ्न बाहिर जाने दर घटाउने र ट्युसन पढ्ने खर्च जोगाउने अवधारणासहित बजेट राखिएको उनको भनाइ छ।

गाउँपालिकामा निर्कुभूमे, बागेश्वरी, गोसाइँकुण्ड, गौतमबुद्ध र नारायण गरी पाँचओटा मावि सञ्चालित छन्। त्यसैगरी गोसाइँकुण्ड माविमा कृषि बाली विज्ञान, अंग्रेजी, गणित र विज्ञान विषयको कोचिङ सञ्चालनका लागि चार लाख रुपैयाँ विनियोजन गरिएको छ। विद्यालयमा यो वर्षदेखि कृषि बाली विज्ञान पढाइ सुरु भएको छ। कृषि प्राविधिकको माग र आवश्यकतालाई ध्यानमा राखी विद्यालयले कृषि बाली विज्ञानको पढाइ सुरु गरेको हो। त्यसैगरी गाउँपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न योजना ल्याएको छ। गत आर्थिक वर्ष २०७५÷७६ मा विद्युतीय हाजिरीको सुरुवातसमेत गरिएको थियो।

प्रकाशित: ३ श्रावण २०७६ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App