८ वैशाख २०८१ शनिबार
समाज

'बाढीको समस्या समाधानमा प्रदेश गम्भीर'

रौतहट - बर्सेनि आउने बाढीको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताएका छन्। रौतहटमा आएको विनाशकारी बाढीको विभिन्न ठाउँमा स्थलगत निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय रौतहटमा बाढीपीडितलाई राहत प्रदान गर्दै मुख्यमन्त्री राउतले राहत वितरण गर्नुभन्दा महŒवपूर्ण कुरो बाढीको समस्या नै समाधान गर्नु रहेकोले बाढीको समस्या स्थायी समाधान गर्नेतर्फ प्रदेश सरकारको ध्यान गएको बताएका छन्।

हरेक वर्ष बाढीबाट प्रदेशमा ठूलो जनधनको क्षति हुने गरेकोमा क्षति न्यूनीकरण तथा बाढीको प्रकोप नै नियन्त्रणका लागि प्राधिकरण नै गठन गर्नुपर्ने आवश्यकता रहेको मुख्यमन्त्रीको भनाइ छ। प्रदेश सरकार प्राधिकरण गठन गरेर बाढीको दीर्घकालीन स्थायी समाधान खोज्ने योजनामा रहेको मुख्यमन्त्रीले स्पष्ट पारेका छन्।
बाढीकारण गौर नगरपालिकाको २ जनाको मृत्यु भएकोमा मृतक परिवारलाई नेपाल सरकारबाट आएको जनही १÷१ लाख नगद र राहत सामग्री मुख्यमन्त्री रावतले हस्तान्तरण गरे। प्रदेश सरकारको राहत वितरण गर्दै उनले हरेक वर्ष बाढीबाट जनधनको क्षति भइरहँदा यहाँका जनतालाई जोगाउन ठोस पहल हुनुपर्ने र पीडितलाई पुनस्र्थापनाको लागि ठोस काम गर्नुपर्ने आवश्यकता औँल्याए।

मुख्यमन्त्री राउतले बागमती, लालबकैया, झाँझ, डोरी, चाँदीलगायतका नदीहरूलाई व्यवस्थित बनाउन र तटबन्धको समुचित व्यवस्थापन गरी समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो। सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री राउतले हरेक वर्ष बागतमी र लालबकैयासहित विभिन्न नदीमा आउने बाढी र कटानको समस्याको ठोस समाधानका लागि संघीय सरकारसँग पनि छलफल भएको र स्थानीय तहको समेत सहभागितामा बाढी जन्य विपत्तीकोे समाधान गर्नेतर्फ प्रदेश सरकार गम्भीर रहेको स्पष्ट पारेका छन्।

बाढीमा ज्यान गुमाएका परिवारका सदस्यलाई प्रदेश सरकारले तीन लाख राहत दिने घोषणा यसअघि नै गरिसकेको हुँदा उक्त रकम केही दिनभित्र पीडित परिवारसमक्ष पुगिसक्ने जानकारी मुख्यमन्त्रीले गराएका छन्। बाढी आएको भोलिपल्ट नै प्रदेश सरकारले आपतकालीन बैठक गरेर राहत तथा पुर्नस्थापनाको काम अगाडि बढाएको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘बाढीबाट प्रभावित जिल्लामा प्रदेश सरकारले तत्कालका दस लाख रुपैयाँका दरले राहतका लागि रकम पठाएको छ।’

कार्यक्रममा मुख्यमन्त्री राउतले रौतहटका पाँच हजार बाढीपिडित परिवारका लागि करिब १३७ लाखको पाँच हजार राहत प्याकेजको घोषणा गरेका छन्। विस्थापितको पुनस्र्थापना गर्ने सम्बन्धमा केन्द्र सरकारसँग पहल भइरहेको पनि उनले जानकारी दिए।
मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्रीद्वय डिम्पल झा र योगेन्द्र यादवसहित प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो।

गत शुक्रबार लालबकैया र बागमती सहित विभिन्न नदीमा आएको विनाशकारी बाढीको पानी रातिको समयमा पसेका कारण रौतहटमा १० जनाको ज्यान गएको छ। बाढीका कारण जनजीवन निकै कष्टकर बनेको छ भने बागमती र लालबकैया नदीको बाँध विभिन्न स्थानमा फुट्दा ७० हजार घरपरिवार प्रभावित भएको तथा पाँच हजारभन्दा घर परिवार विस्थापित भई विभिन्न विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसेका छन्।

प्रकाशित: ३ श्रावण २०७६ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App