coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपद् व्यवस्थापनमा जुनसुकै निकायबाट कर्मचारी लिन सकिने

काठमाडौं - विपद् व्यवस्थापन र संवैधानिक अंकको कामकारबाहीका लागि कर्मचारी आवश्यकता परेमा जुनसुकै निकायबाट कर्मचारी लिन पाउने भएका छन् । विपद् व्यवस्थापनको समयमा कर्मचारी अभाव भएको भन्दै सरकारले जुनसुकै निकायबाट कर्मचारी लिनसक्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै विपद् व्यवस्थापन र संवैधानिक अंगको काम प्रभावकारी बनाउन कर्मचारी आवश्यक परेमा उनीहरूलाई खटाइदिनसमेत निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले विपद् व्यवस्थापन र संवैधानिक अंगको कामकारबाहीका क्रममा कर्मचारी अभाव हुन नदिन आवश्यक परेमा स्थानीय तह र अन्य निकायले समेत कर्मचारी उपलब्ध गराइदिन पत्राचार गरिएको बताए । ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति हुन्छ, प्रमुख जिल्ला अधिकारी संघीय सरकार माताहत हुन्छ, तर स्थानीय तहमा पर्याप्त कर्मचारी हुँदाहुँदै पनि विपद् व्यवस्थापनका लागि कर्मचारी अभाव देखिएको हुनसक्छ,’ आचार्यले भने, ‘यस्तो अवस्थामा कर्मचारी अभावका कारण विपद् व्यवस्थापन प्रभावित हुन नदिन जुनसुकै निकायबाट कर्मचारी माग गर्न सक्ने र माग गरिएको निकायले खटाउनुपर्ने गरी निर्णय भएको हो ।’

विपद् व्यवस्थापन सरकारको पहिलो प्राथमिकताको विषय भएकाले संघ र प्रदेशबाट माग भएको खण्डमा तत्काल कर्मचारी उपलव्ध गराउन भनिएको छ । यसैगरी संवैधानिक निकायको कामकारबाही प्रभावकारी बनाउन कर्मचारी माग भएमा समेत कर्मचारी उपलब्ध गराउन भनिएको छ । यसका अतिरिक्त संघ, प्रदेश र स्थानीय तहका साझा सरोकारका अन्य विषयमा संघ तथा प्रदेशबाट कर्मचारी माग भएको अवस्थामा समेत कर्मचारी परिचालन र समन्वयमा सहयोग गर्नुपर्ने आचार्यले जानकारी दिए ।

प्रकाशित: ३ श्रावण २०७६ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App