६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस असन्तुष्ट नेतालाई मिलेर जान सुझाव

काठमाडौं – नेपाली कांग्रेसका असन्तुष्ट पक्षनिकट युवाहरूले पार्टीभित्रको बृहत्तर एकता कायम गर्दै १४औं महाधिवेशनको तयारीमा जुट्न नेताहरूलाई दबाब दिएका छन्। सभापति शेरबहादुर देउवाइतरका तरुणहरूले बिहीबार राजधानीमा राखेको भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पार्टीको नेतृत्व मिलेर लिन आग्रह गरेका हुन्।

सभापति देउवाले पार्टीलाई गत ढंगलले सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षीय युवाले लोकतान्त्रिक तरिकाबाट नै संगठनको नेतृत्वमा पुग्न आग्रह गरेको सहभागी सागर शाक्यले जानकारी दिए।

‘कांग्रेसको पुरानो शाख फर्काउन तपाईहरु (पौडेल, कोइराला, सिंह) मिलेर अघि बढ्नुपर्छ भन्ने सबैको धारणा थियो,’ शाक्यले भने, ‘पार्टीको नेतृत्वमा पुग्न तपाईहरु एकअर्काका लागि त्याग गर्न तयार हुनुपर्छ भन्नेमा सबैको एकमत थियो।’ जवाफमा पार्टी तीनै जना नेताहरूले आगामी महाधिवेशन र त्यसबाट नेतृत्व लिने कुरामा एक अर्काबीच कुनै समस्या नरहेको बताउँदै मिलेर नै पार्टीलाई अघि बढाउने आश्वासन दिए।

प्रकाशित: ३ श्रावण २०७६ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App