६ वैशाख २०८१ बिहीबार
समाज

बाढी पीडितलाई संघसंस्थाको सहयोग

रौतहट– विनाशकारी बाढीको कारण विस्थापित भएका परिवारहरु भोकभोकै रहेको समाचार नागरिक दैनिकमा प्रकाशन भएपछि यतिखेर रौतहटका बाढी पीडितहरुलाई विभिन्न संघसंस्थाहरुले राहत समग्री वितरण गरिरहेका छन्।  

गत शुक्रबार रौतहटको विभिन्न खोला र नदीमा खाएको बाढीको पानी बस्तीमा पसेर घरवार समेत भत्काएपछि जिल्लाका अन्य गाउको तुलनामा दुर्गा भगवती गाउँपालिकाको बडहर्वा, इशनाथ नगरपालिकाको बन्जरहा, औरैया र वैरियाका लगायतका गाउँका हजारौं विस्थापित भएका थिए। त्यहाँका सर्वसाधारणको बाढीले घरवार भत्किाएर लताकपडा, अन्नपात, लगायतका सम्पुर्ण सामानहरु बगाएपछि भोकभोकै बस्नु परेको समाचार नागरिक दैनिकमा छापिएछि बाढीबाट पीडित भएकाहरुलाई राहत सहयोग गर्नेको संख्या बढ्दै गएको छ। 

प्रभु बैंक गौर शाखाका प्रबन्धक हेमन्त निरौलाले बाढी प्रभावित बस्तीका बासिन्दाहरुलाई शुद्ध खानेपानी पिउनका लागि ६ सय कार्टुन पानी खरिद गरेर जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किरण थापालाई हस्तान्तरण गरका छन्। विपदमा परेका जनताहरुलाई जोगाउन मानविय धर्म रहेको हुँदा प्रभु बैंक जनताको दुःखको घडिमा पनि साथ रहेर उहाँहरुलाई पानीको कमी हुन नदिनको लागि उक्त पानी हस्तान्तरण गरिएको उनले बताए। जिल्ला विपद व्यवस्थापन समिति बाहेक गैर सरकारी संस्था माण्डवी, ग्रामिण विकास केन्द्र (आरडिसी) नेपाल, आसमान नेपाल, युनिसेफ, रेडक्रस, लगायत विभिन्न संघसंस्थाहरुले बाढी प्रभावित बस्तिमा राहत तिरण गरेका छन्। बाढीबाट प्रभावित पालिकाहरु संग समन्वय गरेर एकद्वार प्रणाली मार्फत राहत वितरण कार्य प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

सडक सम्पर्क टुटेका इशनाथ नगरपालिका १ बन्जरहा, औरैया र वैरियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु रबर बोटको माध्यमबाट करिव ६ सय परिवारलाई पुग्ने गरी ६ सय राहत प्याकेट पुर्याइएको  प्रजिअ थापाले बताए। 

प्रकाशित: २ श्रावण २०७६ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App