७ वैशाख २०८१ शुक्रबार
समाज

गाँजा ओसार्दै गर्दा चार जना पक्राउ

वीरगन्ज– पर्सामा प्रहरीले प्रतिबन्धित लागुपदार्थ गाँजा ओसार्दै गरेको अवस्थामा एउटा भारतीय नम्बरको कार र र नेपाली नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न चारजना सँगसँगै पक्राउसमेत परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१७ का २१ वर्षीय रमेश लामिछाने, सोही ठाउँ बस्ने २० वर्षीय डम्मरमणी घिमिरे, पर्साको पटेर्वासुगौली गाउँपालिका–४ का ४२ वर्षीय प्रेम दास, सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश खवास रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–२८ बगहीबाट बुधबार राति कार र मोटरसाइकलमा गाजा ओसार्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको जनाएको छ।

उनीहरुको साथामा रहेका सवारीबाट एक सय २० किलोग्राम गाँजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। गाँजा ओसार्नमा प्रयोग गरिएको बीआर ०१ डी बी ०००३ नम्बरको कार र ना २४ प ८७६४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको उनले बताए। गाँजा मकवानपुरतिरबाट पर्सामा भित्रिएको प्रहरीको अनुमान छ।

सो ठाउामा गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा बुधबार राति प्रहरी उपरीक्षक राठौरकै कमाण्डमा खटिएको प्रहरीको टोलीले बगहीबाट राति ११ बजे तस्करलाई गाडी र गाजासहित नियन्त्रणमा लिएको हो। लागुऔषध ओसारपसार मुद्दामा अनुसन्धान र कारवाही अगाडि बढाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

प्रकाशित: २ श्रावण २०७६ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App