८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

लाहोर- पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ। भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। 

वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन्। उनी पाकिस्तान मुस्लीम लिग नवाज (पिएमएल—एन) का नेता हुनुुहुन्छ भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो।

'अब्बासीलाई गिरफ्तार गरिएको छ, उनलाई आज वा भोलि अदालतमा लगिनेछ' एक वरिष्ठ सरकारी अधिकारीले भने। नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तारसम्वन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टी गरेका छन्। अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो। अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत बर्ष नै सात बर्षे जेल सजायको फैसला सुनाइएको थियो।

भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाई शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ। पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याकोरूपमा रहेको छ। एक बर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उनले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिए। एएफपी

प्रकाशित: २ श्रावण २०७६ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App